ताप्लेजुङको कारागारमा क्षमता भन्दा पाँच गुणा बढी कैदी, ६ महिनामा ३५ वटा घटना



ताप्लेजुङ । ताप्लेजुङको कारागारमा क्षमता भन्दा पाँच गुणा बढि कैदीबन्दी रहेका छन् । आज फुङ्लिङमा नेपाल मानव अधिकार वर्ष पुस्तिका २०२६ प्रकाशन गर्न पूर्व भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा सो जानकारी भएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का ताप्लेजुङ प्रतिनिधि एलिना दियालीले सार्वजनिक गर्नुभएको प्रतिवेदनमा जिल्लाका कारागार ताप्लेजुङमा अहिले १४१ जन कैदी रहेको उल्लेख गरेको छ । जसमा ११ जना ज्येष्ठ नागरिक रहेका छन् । कारागारको क्षमता भने २५ जनाको मात्र रहेको छ । यसैगरी महिला कैदीबन्दीको लागि कारागार नभएको कारण अन्य जिल्लामा हस्तान्तरण गरिन्दै आइएका छ ।

जिल्लामा आपराधिका क्रियाकलाप बढेकोले कैदी बन्दीको सङ्ख्या पनि बढेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो । उहाँका अनुसार आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि पनि प्रहरीहरू सक्रिय रुपमा लागेका छन् ।

यसैगरी पत्रकारले क्षमता भन्दा धेरै कैदीबन्दी कारागारमा राख्दा मानवअधिकार उल्लङ्घन भएन भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले राज्यको संरचनाको अभाव भएका कारणले गर्दा क्षमता भन्दा बढी कैदी राख्न बाध्य भएका हौ । उहाँले थप्नुभयो भवनका लागि जग्गा छ तर, भवन निर्माणका लागि स्रोतको अभाव छ । 

यस्तै पछिल्लो छ महिनामा जिल्लामा घरेलु हिंसाका घटना ११, बहुविवाह एक, कर्तव्य ज्यान एक, ज्यान मार्ने उद्योग पाँच, जबरजस्ती करणी सात र जबरजस्ती करणी उद्योगका एक घटना भएका छन् । यो सँगै अभद्र व्यावहारका सात, आपराधिक उपद्रो र हुलदङ्गा गरेको तीन गरी जम्मा ३५ वटा घटना भएको इन्सेकको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : 9:32 am

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका