मेरिङदेन गाउँपालिकाले दियो लिङ्तेपका कृषकहरूलाई उन्नत जातका गाईको बाछी 



ताप्लेजुङ । मेरिङ्देन गाउँपालिकाले वडा नं. ४ का लिङ्तेपका कृषकहरूलाई होलिस्नि क्रस र जर्सी क्रस गाईको बाछी वितरण गरेको छ । दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले लिङ्तेपका कृषकहरूलाई मङ्गलबार उन्नत जातको गाईको बाछी वितरण गरिएको हो । 

चालु आर्थिक वर्ष २०८१–८२ को गौरवको योजना अन्तर्गत गाईको बाछी वितरण गरिएको गाउँपालिका अध्यक्ष युकहाङ विर हाङ्गाम (डम्बर)ले बताउनुभयो । उहाँका अनुसार मेरिङदेन ४ लिङतेप भित्र रहेका समूहबाट छनोट गरेर निःशुल्क रुपमा गाई वितरण गरिएको हो । 

गाईको बाछी गाउँपालिका अध्यक्ष हाङगाम ४ नं. वडाध्यक्ष बेद प्रसाद हाङगामको उपस्थितिमा कृषकहरूलाई ८ वटा गाईको बाछी वितरण गरिएको छ ।  यस अघि ८ वटा सोही जातको गाईका बाछीहरू वितरण गरिएको थियो । 

साथै बाँकी रहेका ९ वटा गाईको बाछी छनौट गरिएका कृषकहरूलाई आगामी शुक्रबार वितरण ४ नं. वडाका वडाअध्यक्ष वेद प्रसाद हाङ्गामले जानकारी दिनुभएको छ । 

प्रकाशित मिति : 9:27 pm

उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा प्रदीप मादेन चयन 

ताप्लेजुङ, पुस १२ गते । उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी