फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा पढ्ने विद्यार्थीका लागि छात्रवृत्तिको ब्यवस्था गर्ने 



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा पढ्ने विद्यार्थीहरूका लागि छात्रवृत्तिको ब्यवस्था गरेको छ । गाउँपालिकाले प्राविधिक बाहेक अन्य सङ्कायमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि सत प्रतिशत छात्रावृत्तिको व्यवस्था गरेको हो । 

गाउँपालिकाले चालु शैक्षिक सत्रमा १ सय ९ जनालाई अध्ययन शुल्क वापतको रकम दिनेगरी कागजातहरूको पुनर्मूल्याङ्कन थालेको गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्तिले जानकारी दिनुभएको छ । उहाँका अनुसार पाथीभरा क्याम्पसबाट १०३ जना, भानु जन माध्यमिक विद्यालयबाट १ जना, मेदिबुङको वालसुवोधिनी संस्कृत विद्यालयबाट ५ जना रहेका छन् ।  

प्राविधिक शिक्षा अध्ययन गर्ने पालिकावासीलाई ५० प्रतिशत छात्रवृत्ति दिने भएको छ । जसमा  प्राविधिक शिक्षातर्फ भानु जन माविमा सिभिल इन्जिनियर अध्ययन गर्ने, वालसुवोधिनी संस्कृत माविमा हाइड्रो इन्जिनियरिङमा अध्ययनरत गर्ने विद्यार्थीका लागि अध्ययन शुल्कको ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको हो । 

गाउँपालिका अध्यक्ष लिम्बूले कागजात प्राप्त भएका १ सय ९ जना बाहेक छात्रवृत्ति प्राप्तिका लागि कसैको कागजात छुट भएको भए प्रमाण पुग्ने कागजात सहित पालिकामा सम्पर्क गर्न आग्रह गर्नु भएको छ । 

प्रकाशित मिति : ३ असार २०८२, मंगलवार १९:२२

याक्थुङ मुन्धुम विषयक विमर्श राजधानीमा हुँदै

काठमाडौं । ३१औं विश्व आदिवासी दिवस (अगस्ट ९) को अवसरमा

ताप्लेजुङ समाजको आयोजनामा काठमाडौँमा ‘ताप्लेजुङ लाखे नाच मेला’ हुने

काठमाडौँ । ताप्लेजुङ समाज नेपालले आगामी साउन ३१ गते काठमाडौँमा

ताप्लेजुङ गोल्डकप : आज उद्‌घाटन खेलमा तेल्लोक स्पोर्टिङ र द योङ ब्रदर्श सुनसरी भिड्दै

ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आजदेखि

हेल्पिङ हेण्ड्स ताप्लेजुङद्धारा शैक्षिक सामाग्री वितरण तथा अक्षय कोषमा सहयोग

रेडियो काबेलीताप्लेजुङ । सामाजिक क्षेत्रमा काम गर्दै आएको हेल्पिङ हेण्ड्स

भोलीबाट सुरु हुने तेश्रो ताप्लेजुङ गोल्डकपको तयारी पूरा, उद्घाटनमा तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रदर्श इटहरी भिड्दै 

साहारा लिम्बूताप्लेजुङ, साउन २३ गते । तेश्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकपको