फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम : बजेटको सिलिङ घटेकोमा गुनासो



ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार फुङलिङ नगरपालिका वडा नंं. २ को वडा कार्यालयमा वडा नं. १, २ र ३ लाई केन्द्रित गरेर सार्वजनिक सुनवाई सम्पन्न भएको हो । 

सार्वजनिक सुनाईमा अधिकांश नागरिकले बजेटको सिलिङ घटेको भन्दै गुनासा गरेका थिए । यस्तै रङ्गशाला निर्माण, फोहोरमैला व्यवस्थापन, खानेपानी समस्या, सडक निर्माण, ठेकेदारको लापरवाही, वडा अध्यक्ष कार्यालय उपस्थित नहुने, कार्यलयमा कर्मचारीको आवश्यकता र वडा नं. ३ को कार्यालय बन्न नसकेको बारेमा आवाज उठाएका थिए । 

यस्तै नागरिकको आवजलाई सम्बोधन गर्दै नगरपालिकालाई दायित्व धेरै भएको, खुल्ला मैदान निर्माणका योजनाले गर्दा बजेटको सिलिङ घटेको फुङलिङ नगरपालिका उपप्रमुख भिमादेवी ओझाले जवाफ दिनुभएको थियो । यस्तै फोहोरमैला व्यवस्थापनको सवालमा ल्यान्ड फिल्ड साइड निर्माणका लागि ३ करोड बजेट विनियोजन भएको र अब चाँडै व्यवस्थापन हुने नगरपालिका प्रमुख अमिर मादेनले बताउनुभयो । 

उहाँहरूले खानेपानी समस्या र सडक निर्माणको कार्य पनि चाँडै नै समाधान हुने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । लापरबाही गर्ने ठेकेदारलाई पनि चाँडै नै कानुनी दायरामा ल्याउने पनि उनीहरूले बताएका थिए । कार्यलयमा कर्मचारी आवश्यकताको पद पूर्ति पनि अबको आर्थिक वर्षमा हुने फुङ्लिङ नगरपालिका प्रशासकीय प्रमुख कृष्ण प्रसाद गौतमले बताउनुभयो ।

वर्ष भरी गरिएको कार्यका बारेमा वडा वडा के कस्ता राय सुझाव तथा जनताको चासो हुन्छ साथै स्थानीय सरकार नागरिक बीचको दोहोरो सम्बन्ध स्थापित गर्ने उद्देश्यले सार्वजनिक सुनवाई कार्यक्रम गरिएको नगर प्रमुख अमिर मादेनले बताउनुभयो । 

सार्वजनिक सुनवाई कार्यक्रमको सहजीकरण जानकारी मिडिया प्रालिले गरेको थियो ।

प्रकाशित मिति : 5:44 pm

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०