केबलकार निर्माणका लागि रूख कटान गरिएको क्षेत्रमा वृक्षारोपण



ताप्लेजुङ । पाथीभरामा केबलकार निर्माणका लागि रूख कटान गरिएको क्षेत्रमा वृक्षारोपण गरिएको छ । केबलकार खारेजीका लागि शसक्त रुपमा चेतावनी दिँदै आएको ‘नो केबलकार’ समुहले रूख कटान गरिएको भूभागमा पुन वृक्षारोपण गरेको हो । 

नो केबलकार समुहले गत वर्ष पनि रूख कटान गरेको खुल्ला भूभागमा वृक्षारोपण गरेको थियो । कतिपय बिरुवा मरेकाले पुन खाली क्षेत्रमा नयाँ बिरुवा रोपिएको संयोजक श्री लिङखिमले बताउनुभयो । ताप्लेजुङ सहित विभिन्न जिल्लाबाट उपस्थित भएका सयौँ मानिसले विविध प्रजातिका हजारौँ बिरुवा रोपिएको बताईएको छ । 

मुक्कुमलुङ ताङ्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिको आयोजनामा गरिएको वृक्षारोपण कार्यक्रममा ताप्लेजुङ सहित सिक्कीम, दार्जीलिङ, धनकुटा, काठमाडौँ, पाँचथर, मोरङ, सुनसरी, काभ्रेपलानचोक, रामेछाप, झापा, तेह्रथुम र सङ्खुवासभाका गरी तीन सय जनाको उपस्थिति रहेको थियो । वृक्षारोपण पाथिभराको मन्दिरदेखि जम्बू डाँडासम्म गरिएको थियो । वृक्षारोपण कार्यक्रम पछि बलु डाँडामा कोणसभा गरि कार्यक्रमको समापन गरिएको थियो ।

हजारौं वर्ष पुराना रूख ढालेर प्रकृतिको विनाश गरि केबलकार निर्माण गर्न नहुने अडानका साथ नो केबलकार समुहले वृक्षरोपणको अभियानलाई जारी राखेका हुन् । गत वर्ष करिब एक महिना वृक्षारोपण अभियान सञ्चालन गरेका थिए । 

प्रकाशित मिति : 9:49 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर