केबलकार निर्माणका लागि रूख कटान गरिएको क्षेत्रमा वृक्षारोपण



ताप्लेजुङ । पाथीभरामा केबलकार निर्माणका लागि रूख कटान गरिएको क्षेत्रमा वृक्षारोपण गरिएको छ । केबलकार खारेजीका लागि शसक्त रुपमा चेतावनी दिँदै आएको ‘नो केबलकार’ समुहले रूख कटान गरिएको भूभागमा पुन वृक्षारोपण गरेको हो । 

नो केबलकार समुहले गत वर्ष पनि रूख कटान गरेको खुल्ला भूभागमा वृक्षारोपण गरेको थियो । कतिपय बिरुवा मरेकाले पुन खाली क्षेत्रमा नयाँ बिरुवा रोपिएको संयोजक श्री लिङखिमले बताउनुभयो । ताप्लेजुङ सहित विभिन्न जिल्लाबाट उपस्थित भएका सयौँ मानिसले विविध प्रजातिका हजारौँ बिरुवा रोपिएको बताईएको छ । 

मुक्कुमलुङ ताङ्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिको आयोजनामा गरिएको वृक्षारोपण कार्यक्रममा ताप्लेजुङ सहित सिक्कीम, दार्जीलिङ, धनकुटा, काठमाडौँ, पाँचथर, मोरङ, सुनसरी, काभ्रेपलानचोक, रामेछाप, झापा, तेह्रथुम र सङ्खुवासभाका गरी तीन सय जनाको उपस्थिति रहेको थियो । वृक्षारोपण पाथिभराको मन्दिरदेखि जम्बू डाँडासम्म गरिएको थियो । वृक्षारोपण कार्यक्रम पछि बलु डाँडामा कोणसभा गरि कार्यक्रमको समापन गरिएको थियो ।

हजारौं वर्ष पुराना रूख ढालेर प्रकृतिको विनाश गरि केबलकार निर्माण गर्न नहुने अडानका साथ नो केबलकार समुहले वृक्षरोपणको अभियानलाई जारी राखेका हुन् । गत वर्ष करिब एक महिना वृक्षारोपण अभियान सञ्चालन गरेका थिए । 

प्रकाशित मिति : 9:49 pm

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा