फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न



ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार फुङलिङ नगरपालिकाको सामुदायिक हल (सिटीहल) मा फुङलिङ ४, ५, ६ र ७ वडालाई  केन्द्रित गरेर सार्वजनिक सुनवाई सम्पन्न गरेको हो । 

वर्ष भरी गरिएको कार्यका बारेमा वडा वडा के कस्ता राय सुझाव तथा जनताको चासो हुन्छ साथै स्थानीय सरकार नागरिक बीचको दोहोरो सम्बन्ध स्थापित गर्ने उद्देश्यले सार्वजनिक सुनवाई कार्यक्रम गरिएको नगर प्रमुख अमिर मादेनले बताउनुभयो । त्यस्तै फुङलिङ नगरपालिका १, २ र ३ वडालाई केन्द्रीकृत वडा न २ मा असार २ गते सार्वजनिक सुनवाई कार्यक्रम गर्न लागेको फुङलिङ नगरपालिका नगर प्रमुख अमिर मादेनले जानकारी गराउनुभयो । 

कार्यक्रममा अधिकांशले खाने पानीको समस्याको बारेमा गुनासो राखेका थिए । यस्तै फोहोर मैला व्यवस्थापन, विद्युतीय तारको व्यवस्थापन, वस पार्क व्यवस्थापन, ट्रक व्यवस्थापन र सडक मर्मतका बारेमा पनि आवाज उठाएका थिए । स्थानीय नागरिकले राखेको गुनासो, चासोलाई जवाफ दिनै समाधानको बाटोमा लाग्ने आश्वासन नगर प्रमुख, उपप्रमुख वडा अध्यक्षहरुले दिनुभएको थियो । 

सार्वजनिक सुनवाई कार्यक्रमको सहजीकरण जानकारी मिडिया प्रालिले गरेको थियो । 

प्रकाशित मिति : 9:24 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता