फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न



ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार फुङलिङ नगरपालिकाको सामुदायिक हल (सिटीहल) मा फुङलिङ ४, ५, ६ र ७ वडालाई  केन्द्रित गरेर सार्वजनिक सुनवाई सम्पन्न गरेको हो । 

वर्ष भरी गरिएको कार्यका बारेमा वडा वडा के कस्ता राय सुझाव तथा जनताको चासो हुन्छ साथै स्थानीय सरकार नागरिक बीचको दोहोरो सम्बन्ध स्थापित गर्ने उद्देश्यले सार्वजनिक सुनवाई कार्यक्रम गरिएको नगर प्रमुख अमिर मादेनले बताउनुभयो । त्यस्तै फुङलिङ नगरपालिका १, २ र ३ वडालाई केन्द्रीकृत वडा न २ मा असार २ गते सार्वजनिक सुनवाई कार्यक्रम गर्न लागेको फुङलिङ नगरपालिका नगर प्रमुख अमिर मादेनले जानकारी गराउनुभयो । 

कार्यक्रममा अधिकांशले खाने पानीको समस्याको बारेमा गुनासो राखेका थिए । यस्तै फोहोर मैला व्यवस्थापन, विद्युतीय तारको व्यवस्थापन, वस पार्क व्यवस्थापन, ट्रक व्यवस्थापन र सडक मर्मतका बारेमा पनि आवाज उठाएका थिए । स्थानीय नागरिकले राखेको गुनासो, चासोलाई जवाफ दिनै समाधानको बाटोमा लाग्ने आश्वासन नगर प्रमुख, उपप्रमुख वडा अध्यक्षहरुले दिनुभएको थियो । 

सार्वजनिक सुनवाई कार्यक्रमको सहजीकरण जानकारी मिडिया प्रालिले गरेको थियो । 

प्रकाशित मिति : 9:24 pm

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ, कात्तिक २३ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम)

कञ्चनजङ्घा संरक्षण क्षेत्र आईयुसिएन हरियो सूचीको आवेदन चरणका लागि योग्य

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र

ताप्लेजुङको हाङ्देवाबाट खोरेत विरुद्धको खोप कार्यक्रम सुरु

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाको घिमिरे

आज देशभर मौसम सफा, कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएकाले आज

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ गर्दै

काठमाडौँ । हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा