आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर



ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ डेभलपर उत्पादन गरेको छ । एकेडेमीले छ महिने निशुल्क कोर्ष (पाइलट व्याज) मार्फत दक्ष १७ जना वेभ डेभलपर उत्पादन गरेको हो ।

जिल्लाका युवालाई अनलाइनकै माध्यमबाट रोजगारी प्राप्त गर्न सक्ने गरि सक्षम युवा उत्पादन गरि प्रमाण समेत वितरण गरिएको छ । शुक्रबार भएको प्रमाणपत्र वितरण कार्यक्रममा तालिम अवधीमा विद्यार्थीले निर्माण गरेको ४ ओटा वेबसाइट समेत सार्वजनिक गरिएको छ ।

जिल्लामा रहेको व्यवसायी तथा सङ्घ संस्थाको कम्पनीको प्रोजेक्ट लिएर सफलतापूर्वक निर्माण गरि वेबसाइट सार्वजनिक गरिएको आईटी एकेडेमीका हेड अफ एकेडेमी बसन्त लिम्बुले बनाउनुभयो । उहाँका अनुसार सन् २०२५ को जनवरीबाट सुरु गरिएको छ महिने कोर्षबाट १७ जना विद्यार्थीलाई फुल स्ट्याक डेभलपर बनाइएको छ ।

एकेडेमीले गैर सरकारी संस्था ह्युमन प्राक्टिस फाउण्डेसनको आर्थिक सहयोगमा शतप्रतिशत छुटमा तालिम प्रदान गरिएको हेड अफ एकेडेमी लिम्बुको भनाइ छ । विद्यार्थीले छ महिने कोर्ष मार्फत ८५ ओटा प्रोजेक्ट समेत सम्पन्न गरेका छन । आईटी एकेडेमीमा हाल ग्राफिक डिजाइनका छ महिनाको कोर्ष र वेभ डेभपलपमेन्ट दोश्रो ब्याचको पढाई जारी रहेको छ ।

एकेडेमीले हालसम्म १३५ जना ग्राफिक डिजाइनर, १९ जना डिजिटल मार्केटिङ र १७ जना वेभ डेभलपर उत्पादन गरेको छ । उनीहरूले अहिले अनलाइनको माध्यमबाट विश्वको बिभिन्न क्षेत्रमा रहेका कम्पनीमा रोजगार प्राप्त गरेका छन् । अधिकांश युवाले जिल्लामै बिभिन्न किसिमका ग्राफिक डिजाइनसँग सम्बन्धित स्थानीय काम समेत गरिरहेका छन् । हेड अफ एकेडेमी लिम्बुका अनुसार हालसम्म उत्पादन भएका विद्यार्थीहरूले करिब ६१ लाख भन्दा बढी आम्दानी गरेका छन् ।

एकेडेमीले भावी दिनमा थप नयाँ कोर्षहरुको समेत पढाई सुरु गर्ने योजना तयार पारेको छ । बद्लिँदो समयसँग सुहाउँदो कोर्षहरुलाई प्राथमिकतामा राखेर जिल्लाका नागरिकलाई सक्षम बनाउने गरि पहल जारी राखिएको बताइएको छ ।

प्रमाण पत्र वितरण कार्यक्रममा फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेन, पाथिभरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सजन पौडेल, भानु जना माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर राई, पत्रकार महासङ्घका अध्यक्ष सुवास आचार्य लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : 7:21 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन