ताप्लेजुङमा लागूऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा ब्राउन सुगरसहित ४ जना परेका छन् । लागू औषध बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा बुधबार साँझ उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं. ११ घर भइ हाल फुङलिङ ४ कोप्चे लाइनमा डेरा गरि बस्दै आएका २३ वर्षीय रोमन बिक, फक्ताङलुङ गाउँपालिका तीन घर भइ हाल फुङलिङ नगरपालिका ६ सिर्जना चोक निवासी ३२ वर्षीय मन्दीप लिम्बू, भारतीय नागरिक मनोज साह र देव बहादुर विश्वकर्मा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतका अनुसार रोमन बिकको कोठाबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने प्लास्टिक सहित ४३० मिली ग्राम बरामद गरिएको छ । रोमनलाई मन्दीप लिम्बू लागू औषधको बेचविखन कारोबार गर्दा पैसा दिन्छु भने पछि रोमनले ब्राउन सुगर ल्याएको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक बस्नेतको भनाई छ । 

यस्तै उक्त लागू औषध भारतीय नागरिक मनोज साह र देव बहादुर विश्वकर्मा समेत किन्न आएको अवस्थामा नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ । 

प्रकाशित मिति : 10:20 pm

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा