कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्डबाट ताप्लेजुङका चार खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट



ताप्लेजुङ । कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताबाट ताप्लेजुङका चार खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् । विराटनगरमा सम्पन्न उक्त रनिङशिल्ड प्रतियोगिताबाट एथलेटिक्स तर्फको तीन हजार मिटर र आठ सय मिटर दौड तथा कबड्डी र भलिबल प्रतियोगिताका लागि छनोट भएका हुन् ।

छनोट हुनेमा मैवाखोला गाउँपालिकाका दुई, फुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिकाका एक-एक जना खेलाडी रहेको जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्र माबो गणेशले जानकारी दिनुभयो । उहाँका अनुसार तीन हजार मिटर दौडमा मैवाखोलाका समिरले कोशी प्रदेश स्तरीय प्रतियोगितामा स्वर्ण पदक हात पार्नुभएको छ ।

यस्तै समिरले नै १५ सय मिटरमा पनि रजत पदक हासिल गर्नुभएको छ । राष्ट्रिय प्रतियोगिताको तीन हजार मिटर दौडका लागि उहाँ कोशी प्रदेशबाट छनोट हुनुभएको हो । कवड्डी प्रतियोगिताका लागि पनि मैवाखोलाकै मनिता तामाङ राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनुभएको छ । आठ सय र चार सय मिटर गरी दुई विधामा रजत पदक जित्नुभएका फुङलिङ नगरपालिकाका सविन विश्वकर्मा पनि राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनुभएको छ ।

भलिबल प्रतियोगिताका लागि मेरिङदेन गाउँपालिकाका कैलाश लिम्बू छनोट हुनुभएको छ । राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका खेलाडीलाई विराटनगरबाटै काठमाडौँ पठाइएको र बाँकी खेलाडी जिल्ला फर्किएको जिल्ला खेलकुद विकास समिति ताप्लेजुङले जनाएको छ । राष्ट्रिय प्रतियोगिता जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुँदै छ ।

यस्तै छ वटा विधामा प्रतिस्पर्धा गरेको ताप्लेजुङले एक स्वर्ण, छ रजत र चार कांस्यसहित ११ पदक जितेर फर्किएको छ । एथलेटिक्स तर्फको स्वर्ण समिरले जितेका जित्नुभएको छ भने १५ सय मिटरको रजत पनि उहाँले नै हात पर्नुभएको छ । सविनले चार सय र आठ सय मिटर दौडमा दुई वटा रजत जित्नुभएको छ ।

त्रिपलजंगमा राजन विश्वकर्मा, तेक्वान्दो ५२ केजीमा मिङमा फुटि शेर्पा, उसु ४२ केजी सान्सोमा मौसम लिम्बूले ताप्लेजुङका लागि रजत पदक हात पर्नुभएको छ । काश्य पदक जित्नेमा तेक्वान्दो पुन्से अन्तगर्त भेनाइन शेर्पा, सितेरियो कराते कातामा सुहाङ लिम्बू, ४५ केजी उसुमा सरोज लिम्बू र दावा शेर्पा रहेको खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिता जेठ २४ देखि २६ गतेसम्म विराटनगरमा भएको थियो ।

प्रकाशित मिति : 11:58 am

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय