सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सिरिजङ्घा गाउँपालिकाले गर्‍यो सम्मान



ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले एसईई र कक्षा आठको परिक्षामा सर्वोत्कृष्ट साथै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । गाउँपालिका भित्रबाट सर्वोकृष्ट र उत्कृष्ट नतिजा ल्याउ सफल छात्र छात्रा एक एक जनालाई सम्मान गरेको हो ।

गाउपालिकाले एसईई परिक्षामा गाउँपालिका भित्रबाट सवै भन्दा धेरै अङ्क ल्याउन सफल सिनाम माविका रोहित शंकरलाई सम्मान गरेको छ । उहाँलाई नगद ३० हजार रुपियाँसहित प्रमाण पत्र, ट्रफी र मेडलका साथ सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष डा. चित्र माबोले जानकारी दिनुभएको छ ।

शंकरले एसईई परिक्षामा ३.१८ जीपीए अंक प्राप्त गर्नुभएको थियो । यस्तै २.९७ अंक ल्याइ एसईई परिक्षामा उत्कृष्ट बन्न सफल तेल्लोक माविका अनिशा लिम्बूलाई नगद २५ हजार रुपियाँ सहित प्रमाण पत्र, ट्रफी र मेडलका साथ सम्मान गरिएको छ ।

पालिकाले कक्षा आठको परिक्षमा सर्वोकृष्ट नतिजा ल्याउन सफल सिनाम माविका प्रसान्त भण्डारीलाई सम्मान गरेको छ । उहाँलाई नगद १५ हजर रुपियाँसिहत पमाण पत्र, मेडल र ट्रफिका साथ सम्मान गरिएको हो । उहाँले कक्षा आठको परिक्षामा ३.७४ जीपिए अङ्क ल्याउनभएको थियो ।

यस्तै ३ं.७२ जिपिए ल्याएर उत्कृष्ट बन्नुभएको सिनाम माबिका मेलिस्का माझिाई नगद १२ हजार रुपियाँ सहित प्रमाण पत्र, ट्रफी र मेडलका साथ सम्मान गरिएको छ । विद्यार्थीहरुको थप हौसला र प्रत्साहनका लागि सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, सोमबार १९:२३

ताप्लेजुङमा चट्याङ लागेर घाइते भएका एकको मृत्यु 

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङले लागी घाइते हुनुभएका एक जनाको मृत्यु

अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीद्वारा कम्प्युटर तालिम प्रदान 

ताप्लेजुङ । अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीको आयोजनामा आधारभूत कम्प्युटर कक्षा

सुनमा लगाइएको विलासिता करको विरुद्धमा ताप्लेजुङमा विरोध प्रर्दशन

ताप्लेजुङ । सुन तथा सुनका गरगहनामा लगाइएको विलासिता करको विरुद्धमा

ताप्लेजुङको सिदिङ्वा धाममा राखिएको मूर्ति तोडफोड

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिदिङ्वा धाम मन्दिरमा राखिएको श्री

ताप्लेजुङको मैवाखोलाद्वारा दलित समुदायलाई ११ लाख बढीको सामग्री वितरण

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायलाई ११ लाख ६४