ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा



ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । 

पालिकामा रहेको ६ सय ८८ जना बालबालिकालाई पूर्णरुपमा खोप लगाइएकाले पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक सञ्जीव सिंहले बताउनुभयो । उहाँका अनुसार जेन ९ गते सिनाम, बैशाख १ गते आम्वेगुदिन, जेठ ८ गते सिकैचा, जेठ १६ गते तेल्लोक, २०८१ साल चैत १० गते पेदाङ, बैशाख ३१ गते मामांखे, २०८१ साल चैत ७ गते खेवाङ र जेठ ६ गते याम्फूदिनलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो । यो सँगै सिङ्गो पालिका नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको हो ।

कार्यक्रममार्फत खोप अभियानमा सहभागी हुने स्वास्थ्यकर्मीलाई सम्मान सहित प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रममा पालिका अध्यक्ष लालकृष्ण चौहान, उपाध्यक्ष डाक्टर चित्रकुमार माबो, प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङदेम्बे, ४ नं नम्बर वडा तेल्लोकका वडाध्यक्ष रुपदास भट्टराई, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति : 1:41 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा