ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा



ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । 

पालिकामा रहेको ६ सय ८८ जना बालबालिकालाई पूर्णरुपमा खोप लगाइएकाले पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक सञ्जीव सिंहले बताउनुभयो । उहाँका अनुसार जेन ९ गते सिनाम, बैशाख १ गते आम्वेगुदिन, जेठ ८ गते सिकैचा, जेठ १६ गते तेल्लोक, २०८१ साल चैत १० गते पेदाङ, बैशाख ३१ गते मामांखे, २०८१ साल चैत ७ गते खेवाङ र जेठ ६ गते याम्फूदिनलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो । यो सँगै सिङ्गो पालिका नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको हो ।

कार्यक्रममार्फत खोप अभियानमा सहभागी हुने स्वास्थ्यकर्मीलाई सम्मान सहित प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रममा पालिका अध्यक्ष लालकृष्ण चौहान, उपाध्यक्ष डाक्टर चित्रकुमार माबो, प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङदेम्बे, ४ नं नम्बर वडा तेल्लोकका वडाध्यक्ष रुपदास भट्टराई, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति : 1:41 pm

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज