ताप्लेजुङमा तमोर नदीले बगाएर बालिका बेपत्ता



ताप्लेजुङ । ताप्लेजुङमा तमोर नदीले बगाएर एक बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा फुङलिङ नगरपालिकाका ३ टाँरबारीका निङसा साङगे शेर्पाका ११ वर्षीया छोरी रहेका छन् । 

बालिकालाई तिर्खा लागेर पानी पिउन तमोर नदीमा जाँदा चिप्लिएर बेपत्ता भएको स्थानीयले बताएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार बालिका आफ्ना ५ जना साथीसँग फुङलिङ नगरपालिकाको डम्पिङ साइडको फोहोरमा फालेको सामानमा केही सामाग्री खोज्न गएका थिए ।

सोही क्रममा प्यास मेटाउन नदीमा जाँदा ढुङगाबाट चिप्लिएर बेपत्ता भएको अन्य बालिकाहरूले बताएको स्थानीयको भनाइ छ । विहीबार दिउँसो करिब साढे पाँच बजेको समयमा बालिकालाई नदीले बगाएर बेपत्ता बनाएको प्रहरीको भनाई छ । 

प्रकाशित मिति : 4:01 pm

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०