वातावरण दिवस : ताप्लेजुङमा वृक्षरोपण सहित विभिन्न कार्यक्रम गरि मनाइयो



रेडियो काबेली 

ताप्लेजुङमा । ताप्लेजुङमा पनि ५३ औँ विश्व वातावरण दिवस वृक्षरोपण सहित विभिन्न कार्यक्रम गरि मनाइएको छ । बिहीबार डिभिजन वन कार्यालय ताप्लेजुङको आयोजनामा सदरमुकाम फुङलिङमा वृक्षरोपण, डस्टबिन हस्तान्तरण सहित बिरुवा वितरण गरेर मनाइएको छ । 

डिभिजन वन कार्यालय र कृषि ज्ञान केन्द्रको संयुक्त आयोजनामा प्लेकार्ड बोकेर निकालिएको ¥यालीले नगर परिक्रमा गरेको थियो । ¥यालीमा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतम, सशस्त्र प्रहरी बल नं।१ गुल्म हेडक्वार्टर कञ्चनजङ्घा ताप्लेजुङका सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश मर्हजन, सहित लिटल बुद्ध बोर्डिङ स्कुलका शिक्षक एवं विद्यार्थी साथै जिल्लाका विभिन्न कार्यलयका कर्मचारीको उपस्थिति रहेको थियो । 

प्लेकार्डमा “पृथ्वीलाई सफा राखौँ, प्लास्टिक हटाऔँ”, “वातावरण संरक्षणको सुरुवात हामीबाट”, “प्लास्टिक प्रयोगले भविष्य धमिलो हुन्छ”, “पर्यावरणको रक्षा हाम्रो जिम्मेवारी”, “प्लास्टिक होइन, कपडा झोला प्रयोग गरौँ”, “आजैबाट प्लास्टिक प्रयोग बन्द गरौँ”, “एक कदम हरियाली तर्फ,” “प्रकृतिको आवाज सुनौँ, प्लास्टिक बन्द गरौँ” लगायतका नाराहरू रहेका थिए । 

¥याली पछि लिटल बुद्ध बोर्डिङ स्कुलको प्राङ्गणमा फलामको टि गार्ड सहित १२ वटा सौन्दर्य प्रजातिको मङकी पजल वृक्षको रोपण गरिएको छ । साथै डिभिजन वन कार्यालयले विद्यालयको वातावरणलाई स्वच्छ राख्नका लागि लिटल बुद्ध बोर्डिङ स्कुललाई फलामको स्टेण्ड सहितको डस्टबिनको वितरण गरिएको छ ।

साथै डिभिजन वन कार्यालयले तोक्मे डाँडा क्षेत्रमा २५० मयुर पँखी, १५० कलकीका विरुवा र “हरियाली हाम्रो पहिचान संरक्षण हाम्रो अभियान” भन्ने नारा प्रिन्टेड वातावरणमैत्री १५० कपडाको झोला वितरण गरिएको सूचना अधिकारी परमेश्वर पाश्वानले बताउनुभयो । 

उहाँका अनुसार वातावरण दिवसको दिन मात्रै नभई अन्य सार्वजनिक  क्षेत्रमा वृक्षरोपण सहित डस्टबिन राख्ने कार्यक्रम जारी रहने बताउनुभयो ।  हरेक वर्ष ५ जुनलाई विश्व वातावरण दिवसको रुपमा मनाउने गरिन्छ । यस वर्ष “प्लास्टिक प्रदुषण न्यूनीकरण, हाम्रो दायित्व” भन्ने नारा सहित विश्व वातावरण दिवस माईएको छ ।

प्रकाशित मिति : 6:34 pm

दोभान बजारमा निःशुल्क आँखा स्वास्थ्य शिविर : ५९ जनाको शल्यक्रिया 

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको दोभान बजारमा सञ्चालन गरिएको

मैवाखोला गाउँपालिकाको एकीकृत घुम्ती सेवा शिविर : दोस्रो दिन ८३८ ले लिए सेवा

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सोमबारदेखि सुरु

 मेरिङदेन र मिक्वाखोला गाउँपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

ताप्लेजुङ, वैशाख २२  गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका र मिक्वाखोला

बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता

ताप्लेजुङ, वैशाख २१ गते । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा

पाथीभरामा भरियालाई आवेदन दिन अनिवार्य

ताप्लेजुङ, वैशाख २१ गते । पाथीभरा मन्दिर क्षेत्रमा खटिने तीर्थयात्री