हिलिहाङमा सांस्कृतिक सम्मेलन सम्पन्न



पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकामा सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ। हिलिहाङ गाउँपालिकाले आयोजना गरेको सम्मेलन बुधबार सम्पन्न भएको हो । 

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसर पारेर आयोजना गरिएको सम्मेलनमा यो क्षेत्रमा बसोबास गर्दै आएका सबै जात जातीको संस्कृति झल्काउने झाँकी सहितका नृत्य प्रस्तुत गरिएको थियो । 

हिलिहाङ ५ र ६ को संगमस्थल चतुरे बजार क्षेत्रमा आयोजित सम्मलेनमा नौमती बाजा, तामाङसेलो, साकेला, बालन, सङ्गिनी, च्याब्रुङ, धाननाच, पालाम, शेर्पा र माझीसहित १० वटा समूहले समुदायका सदस्यले आ–आफ्नो संस्कृतिमा आधारित नृत्य प्रस्तुत गर्दै सहभागीलाई मनोरञ्जन दिएका थिए ।

सम्मेलन गाउँपालिकाका ७ वटै वडाबाट आएका कलाकारसहित आम नागरिकको उपस्थितिमा सम्पन्न भएको हो । पालिका भित्रको सांस्कृतिक विविधता बिचको एकतालाई अझ प्रगाढ बनाउँदै नेपालका मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सांस्कृतिक सम्मेलन आयोजना गरिएको गाउँपालिका अध्यक्ष समर बहादुर अधिकारीले बताउँनुभयो । 

गाउँपालिकाले सम्मेलनमा प्रस्तुत गरिएका सांस्कृतिक समूहलाई नगद १० हजारका दरले पुरस्कार प्रदान गरेको थियो । 

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बुधबार २१:०७

स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड

ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको

ताप्लेजुङमा प्रहरी हत्या गरी फरार व्यक्ति १३ वर्ष पछि पक्राउ

साहारा लिम्बू फुङ्लिङ, साउन १६ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा

ताप्लेजुङ गोल्डकपको आकृति भानु जन माध्यमिक विद्यालयले बनाउने 

 ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा यो वर्ष गोल्डकपको

वाइसिएल फक्ताङ्लुङ कमिटी अध्यक्षमा मिराक लिम्बू

ताप्लेजुङ । योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) फक्ताङ्लुङ गाउँपालिका कमिटी

ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले स्मार्ट फोन पाउने

ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले