हिलिहाङमा सांस्कृतिक सम्मेलन सम्पन्न



पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकामा सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ। हिलिहाङ गाउँपालिकाले आयोजना गरेको सम्मेलन बुधबार सम्पन्न भएको हो । 

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसर पारेर आयोजना गरिएको सम्मेलनमा यो क्षेत्रमा बसोबास गर्दै आएका सबै जात जातीको संस्कृति झल्काउने झाँकी सहितका नृत्य प्रस्तुत गरिएको थियो । 

हिलिहाङ ५ र ६ को संगमस्थल चतुरे बजार क्षेत्रमा आयोजित सम्मलेनमा नौमती बाजा, तामाङसेलो, साकेला, बालन, सङ्गिनी, च्याब्रुङ, धाननाच, पालाम, शेर्पा र माझीसहित १० वटा समूहले समुदायका सदस्यले आ–आफ्नो संस्कृतिमा आधारित नृत्य प्रस्तुत गर्दै सहभागीलाई मनोरञ्जन दिएका थिए ।

सम्मेलन गाउँपालिकाका ७ वटै वडाबाट आएका कलाकारसहित आम नागरिकको उपस्थितिमा सम्पन्न भएको हो । पालिका भित्रको सांस्कृतिक विविधता बिचको एकतालाई अझ प्रगाढ बनाउँदै नेपालका मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सांस्कृतिक सम्मेलन आयोजना गरिएको गाउँपालिका अध्यक्ष समर बहादुर अधिकारीले बताउँनुभयो । 

गाउँपालिकाले सम्मेलनमा प्रस्तुत गरिएका सांस्कृतिक समूहलाई नगद १० हजारका दरले पुरस्कार प्रदान गरेको थियो । 

प्रकाशित मिति : 9:07 pm

पाथीभरा दर्शनको क्रममा बालकको मृत्यु

ताप्लेजुङ, चैत्र ९ गते । पाथीभरा दर्शनको क्रममा बिरामी भएका

पश्चिमी र स्थानीय वायुको प्रभावले देशभर मौसम बदली, केही क्षेत्रमा वर्षा र हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक

चितुवाको आक्रमणमा प्रहरीसहित चार घाइते

झापा । बुद्धशान्ति गाउँपालिका–४ टिमाइमा आज चितुवाको आक्रमणबाट एक सशस्त्र

सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप चैत्र १२ देखि

ताप्लेजुङ, चैत्र ८ गते । ताप्लेजुङमा आगामी चैत १२ गतेदेखि

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले