खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा युवकलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।फुङ्लिङ नगरपालिका छ का अर्जुन गुरुङ पक्राउ परेका हुन् ।

गुरूङले खुकुरी प्रहार गर्दा फक्ताङलुङ गाउँपालिका तीनका २८ वर्षीय तेजेन्द्र लिम्बूको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद प्रसाद गौतमका अनुसार गुरुङ र उहाँकी श्रीमती सरिता लिम्बू जेठ २१ गते राति सरिता लिम्बूकी फूफू योगमाया लिम्बूको घर फक्ताङलुङ गाउँपालिका तीनको तावा पुगका थिए ।

राति नै गुरुङ र उहाँकी श्रीमती बिच झगडा भए पछि योगमाया लिम्बूले सम्झाई बुझाई छिमेकी तेजेन्द्र लिम्बूको साथमा फुङ्लिङ नगरपालिका घर पठाउनुभएको थियो । तर, फक्ताङलुङ गाउँपालिका तीनको सिस्ने खोला पुग्दा अर्जुन र तेजेन्द्र बिच झगडा हुँदा अर्जुनले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार पछि घटना लगत्तै तेजेन्द्रको मृत्यु भएको थियो ।

त्यसपछी गुरूङ फरार रहेका थिए । गुरूङलाई बुधबार दिउसो एक बजे फुङ्लिङ नगरपालिका – १० को भिरकुनाबाट पक्राउ गरीएको सुचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : 8:55 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा