खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा युवकलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।फुङ्लिङ नगरपालिका छ का अर्जुन गुरुङ पक्राउ परेका हुन् ।

गुरूङले खुकुरी प्रहार गर्दा फक्ताङलुङ गाउँपालिका तीनका २८ वर्षीय तेजेन्द्र लिम्बूको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद प्रसाद गौतमका अनुसार गुरुङ र उहाँकी श्रीमती सरिता लिम्बू जेठ २१ गते राति सरिता लिम्बूकी फूफू योगमाया लिम्बूको घर फक्ताङलुङ गाउँपालिका तीनको तावा पुगका थिए ।

राति नै गुरुङ र उहाँकी श्रीमती बिच झगडा भए पछि योगमाया लिम्बूले सम्झाई बुझाई छिमेकी तेजेन्द्र लिम्बूको साथमा फुङ्लिङ नगरपालिका घर पठाउनुभएको थियो । तर, फक्ताङलुङ गाउँपालिका तीनको सिस्ने खोला पुग्दा अर्जुन र तेजेन्द्र बिच झगडा हुँदा अर्जुनले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार पछि घटना लगत्तै तेजेन्द्रको मृत्यु भएको थियो ।

त्यसपछी गुरूङ फरार रहेका थिए । गुरूङलाई बुधबार दिउसो एक बजे फुङ्लिङ नगरपालिका – १० को भिरकुनाबाट पक्राउ गरीएको सुचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : 8:55 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा