ताप्लेजुङमा अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित



ताप्लेजुङ । ताप्लेजुङमा अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित भएका छन् । १९ औं जातीय छुवाछुत तथा भेदभाव उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित भएको हो ।

बुधबार दिवसको अवसरमा दलित एकता समाज ताप्लेजुङले वृहत कार्यक्रमको आयोजना गरि जिल्लाभित्र हालसम्म अन्तरजातीय विवाह गरेको ५० जोडीलाई सम्मान गरेको समाजका सल्लाहाकार गंगाराम शंकरले जानकारी दिनुभयो । दिवसकै अबसरमा दलित समुदायबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने र उत्कृष्ट खेलाडीलाई समेत सम्मान गरेको छ ।

यस्तै समाजका अध्यक्ष अम्बर बहादुर विश्वकर्माका अनुसार नौमती बाजालाई संरक्षण गर्न योगदान पुर्याउने व्यक्तिलाई समेत प्रोत्साहन स्वरुप सम्मान गरिएको छ । संरक्षणका लागि बाजा पनि नयाँ पुस्तासमक्ष बाजा प्रदर्शन तथा प्रस्तुत गरिएको थियो ।

राज्यले छुवाछुतमुक्त राष्ट्र घोषणा गरेपनि समाजमा अझै छुवाछुत कायमै रहेकाले पूर्ण रुपमा निर्मूल गर्न, जनचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको समाजले जनाएको छ ।

कार्यक्रममा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भिमादेवी ओझा, मेरिङ्देन गाउँपालिकाका उपाध्यक्ष दुर्गा प्रसाद सिरेङ्चोङ्बाङ, दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 8:47 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता