ताप्लेजुङमा अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित



ताप्लेजुङ । ताप्लेजुङमा अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित भएका छन् । १९ औं जातीय छुवाछुत तथा भेदभाव उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित भएको हो ।

बुधबार दिवसको अवसरमा दलित एकता समाज ताप्लेजुङले वृहत कार्यक्रमको आयोजना गरि जिल्लाभित्र हालसम्म अन्तरजातीय विवाह गरेको ५० जोडीलाई सम्मान गरेको समाजका सल्लाहाकार गंगाराम शंकरले जानकारी दिनुभयो । दिवसकै अबसरमा दलित समुदायबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने र उत्कृष्ट खेलाडीलाई समेत सम्मान गरेको छ ।

यस्तै समाजका अध्यक्ष अम्बर बहादुर विश्वकर्माका अनुसार नौमती बाजालाई संरक्षण गर्न योगदान पुर्याउने व्यक्तिलाई समेत प्रोत्साहन स्वरुप सम्मान गरिएको छ । संरक्षणका लागि बाजा पनि नयाँ पुस्तासमक्ष बाजा प्रदर्शन तथा प्रस्तुत गरिएको थियो ।

राज्यले छुवाछुतमुक्त राष्ट्र घोषणा गरेपनि समाजमा अझै छुवाछुत कायमै रहेकाले पूर्ण रुपमा निर्मूल गर्न, जनचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको समाजले जनाएको छ ।

कार्यक्रममा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भिमादेवी ओझा, मेरिङ्देन गाउँपालिकाका उपाध्यक्ष दुर्गा प्रसाद सिरेङ्चोङ्बाङ, दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 8:47 pm

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०