बजेटले आशा जगायो : पूर्व मुख्यमन्त्री राई



ताप्लेजुङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले यो पटकको बजेटले आशा जगाएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल ताप्लेजुङको आयोजनामा फुङ्लिङमा भएको पत्रकार सम्मेलनमा बोल्नुहुदै उहाँले यस्तो बताउनुभएको हो ।

राष्ट्रिय राजनीतिलाई सही बाटोमा दोहो¥याउन मुलुकका दुई ठूला दल नेकपा एमाले र नेपाली काँग्रेसको सहकार्यका कारण सरकारको बजेट नथा नीति कार्यक्रमले स्वाभाविक रुपमा मुलुकको विकास र समृद्धिको गतिलाई सम्बोधन गरेकोले बजेटले नेपाली जनमा आशा जगाएको बताउनुभएको छ । उहाँका अनुसार यो बजेटले ठुल्ठुला योजनाहरू अघि बढ्ने निराशा भएको जनतामा आशा जगाउने छ ।

उहाँले भन्नुभयो, “खास गरेर पछिल्लो समयमा युवा वर्गहरूका निराशा छाईरहेको जुन अवस्था छ, पलायन हुने खालको जुन अवस्था छ यसलाई ध्यानमा राखेर युवा लक्षित गरेर यस पटकको बजेट केन्द्रीकृत भएको छ । र यो बजेटले निश्चय पनि आशा जगाउने काम गरेको छ ।”

यस्तै अब सरकार नयाँ गतिका साथले अघि बढ्ने उहाँको भनाई थियो । यस्तै कोशी प्रदेश सरकारले पनि आफ्नो नीति र कार्यक्रम पेस गरिसकेको बताउँदै यसका लागि पनि दुई दलबीच छलफल र सहकार्य निरन्तर भइरहेको जानकारी गराउनुभयो । साथै कोशी प्रदेशको समृद्धि र विकासको हितमा नै अघि बढिने उहाँको भनाई थियो ।

आफू मुख्य मन्त्री हुँदा पनि योजना बद्ध तरिकाले नै कामहरू अगाडि बढाएको स्मरण गर्दै उक्त बेला सुरु गरेका कार्यहरूले अहिले ८० प्रतिशत पुरा भएको उहाँले बताउनुभयो । यसै गरि अर्को प्रसङ्गमा अहिले नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रीक गणतन्त्रलाई चुनौती दिने दुस्साहस भइरकेको बताउँदै यस दुस्साहसको बारेमा नेकपा एमाले सचेत भएको जानकारी दिनुभयो ।

तर, नेकपा एमालेले शसक्तरुपमा सङ्घीय लोकतन्त्र, गणतन्त्रको पक्षमा उभी जनपरिचालन गर्ने उहाँको भनाई छ । “उहाँले भन्नुभयो, सडकमा प्रतिगामी तत्त्वहरू गणतन्त्रलाई खारेज गर्नका निम्ति जनताले मसान घाट पु¥याइसकेका राजनीतिलाई ब्युँताउनका निम्ति प्रयत्न भइरहेको छ । तर, नेकपा एमाले यस्तो एउटा शक्तिहरू हो यस्ता कार्यहरूलाई निस्तेज गर्न जहिले अग्रसर हुने गर्दछ ।”

प्रकाशित मिति : 10:39 am

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी

ताप्लेजुङमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट करदाता सेवा सुरु

ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने