बजेटले आशा जगायो : पूर्व मुख्यमन्त्री राई



ताप्लेजुङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले यो पटकको बजेटले आशा जगाएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल ताप्लेजुङको आयोजनामा फुङ्लिङमा भएको पत्रकार सम्मेलनमा बोल्नुहुदै उहाँले यस्तो बताउनुभएको हो ।

राष्ट्रिय राजनीतिलाई सही बाटोमा दोहो¥याउन मुलुकका दुई ठूला दल नेकपा एमाले र नेपाली काँग्रेसको सहकार्यका कारण सरकारको बजेट नथा नीति कार्यक्रमले स्वाभाविक रुपमा मुलुकको विकास र समृद्धिको गतिलाई सम्बोधन गरेकोले बजेटले नेपाली जनमा आशा जगाएको बताउनुभएको छ । उहाँका अनुसार यो बजेटले ठुल्ठुला योजनाहरू अघि बढ्ने निराशा भएको जनतामा आशा जगाउने छ ।

उहाँले भन्नुभयो, “खास गरेर पछिल्लो समयमा युवा वर्गहरूका निराशा छाईरहेको जुन अवस्था छ, पलायन हुने खालको जुन अवस्था छ यसलाई ध्यानमा राखेर युवा लक्षित गरेर यस पटकको बजेट केन्द्रीकृत भएको छ । र यो बजेटले निश्चय पनि आशा जगाउने काम गरेको छ ।”

यस्तै अब सरकार नयाँ गतिका साथले अघि बढ्ने उहाँको भनाई थियो । यस्तै कोशी प्रदेश सरकारले पनि आफ्नो नीति र कार्यक्रम पेस गरिसकेको बताउँदै यसका लागि पनि दुई दलबीच छलफल र सहकार्य निरन्तर भइरहेको जानकारी गराउनुभयो । साथै कोशी प्रदेशको समृद्धि र विकासको हितमा नै अघि बढिने उहाँको भनाई थियो ।

आफू मुख्य मन्त्री हुँदा पनि योजना बद्ध तरिकाले नै कामहरू अगाडि बढाएको स्मरण गर्दै उक्त बेला सुरु गरेका कार्यहरूले अहिले ८० प्रतिशत पुरा भएको उहाँले बताउनुभयो । यसै गरि अर्को प्रसङ्गमा अहिले नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रीक गणतन्त्रलाई चुनौती दिने दुस्साहस भइरकेको बताउँदै यस दुस्साहसको बारेमा नेकपा एमाले सचेत भएको जानकारी दिनुभयो ।

तर, नेकपा एमालेले शसक्तरुपमा सङ्घीय लोकतन्त्र, गणतन्त्रको पक्षमा उभी जनपरिचालन गर्ने उहाँको भनाई छ । “उहाँले भन्नुभयो, सडकमा प्रतिगामी तत्त्वहरू गणतन्त्रलाई खारेज गर्नका निम्ति जनताले मसान घाट पु¥याइसकेका राजनीतिलाई ब्युँताउनका निम्ति प्रयत्न भइरहेको छ । तर, नेकपा एमाले यस्तो एउटा शक्तिहरू हो यस्ता कार्यहरूलाई निस्तेज गर्न जहिले अग्रसर हुने गर्दछ ।”

प्रकाशित मिति : 10:39 am

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ