पूर्व राजा नागरिक भइसके : काँग्रेस नेता महर



ताप्लेजुङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले पूर्व राजा नागरिक भइसकेको बताउनुभएको छ । शनिबार नेपाल प्रेस युनियन ताप्लेजुङले फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नु हुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पूर्व राजाका नाममा भईरहेका हर्कत भएको र राजाबाट हटेपछि ज्ञानेन्द्र शाह नागरिक भइसकेको बताउनुभएको छ । यस्तै पूर्व राजा भन्ने शब्द प्रयोग गर्न पनि वाञ्छनीय नहुने उहाँको भनाई छ ।

यस्तै गठबन्धनको प्रसङ्गमा प्रजातन्त्रले रिजल्ट भन्दा पनि प्रक्रिया हेर्ने बताउनुभएको छ । नेपाली काँग्रेसको कार्य सम्पादनको बैठकले एमाले सँगको गठबन्धन गर्ने निर्णय गरेको सुनाउँदै यो प्रक्रियालाई मान्नु पर्ने बताउनुभएको छ ।

साथै यो गठबन्धनले राम्रो प्रफमेन्स गर्नु पर्ने, जनताका कुरालाई सम्बोधन गर्नु पर्ने र बायपङ्खी घोडा जस्तै अगाडि बढ्नु पर्ने उहाँको जोड थियो ।

प्रकाशित मिति : 9:00 pm

ताप्लेजुङ बहुउद्देश्यीय सहकारीको बचत आर्थिक वर्ष २०८१/८२ मा झण्डै ६२ लाख 

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक

पाथीभरा (मुक्कुमलुङ)मा निर्माणधीन केबुलकार विरुद्ध फेरी आन्दोलनको घोषणा

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा निर्माण भइरहेको

मानाभरा गोल्डकप : आज सेमिफाइनलका खेल हुँदै

ताप्लेजुङ, पुस १८ गते । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको