सिदिङ्वा भलिबल प्रतियोगिताको उपाधि मेहेलेलाई




एलिना दियाली
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजित वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेहेले जितेको छ । शनिबार भएको फाईनल खेलमा लिम्बुदिनलाई ३–१ को सेटमा पराजित गर्दै मेहेलेले उपाधि जितेको हो । मेहेलेले पहिलो सेट २५–२० ले जित्दा दोस्रो सेट सुरुम्खिमले १९–२५ ले तेस्रो र चौथो सेट र पाँचौ सेट महेलेले २५–१५ र २५–१६ ले जितेको खेल संयोजक गोपाल गौतमले जानकारी दिुनभयो ।

प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव २०८२ को अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि जिते संगै मेहेलेले नगद ५० हजार रुपैँया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । द्धितिय भएको सुरुम्खिमले नगद ३० हजार रुपैँया सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

मेहेलेले क्वाटर फाईनलमा कालिखोला सेमिफाईनलमा लिम्बुदिनलाई हराएर फाईनलमा स्थान बनाएको थियो । त्यस्तै सुरुम्खिमले क्वाटर फाईनलमा आङखोप र सेमिफाईनलमा सादेवालाई हराएर फाईनलमा स्थान बनाएको थियो ।
विजयी टिमहरुलाई कोशी प्रदेशका पुर्व मुख्य मन्त्री शेरधन राईले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा पालिकाका कालिखोला, सादेवा, आङ्खोप, साब्लाखु, लिम्बुदिन, सुरुम्खिम र मेहेले गरी ७ वटा वडाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी हुँदै मेहेलेका गुणराज वि.क ( रुजन) ले नगद सहित ३ हजार ट्रफि र प्रमाण पत्र प्राप्त गर्नुभयो । त्यस्तै प्रतियोगितामा सुरुम्खिमका मिलन लिम्बु बेष्ट सरबर , प्रबिन तामाङ बेष्ट स्ट्राईकर, बिपन गुरुङ बेष्ट लिब्रो, मेहेलेका सन्दिप गौतम बेष्ट ब्लकर, आषिस भण्डारी बेष्ट सेटर र उदयमान खेलाडी दिप्सन भण्डारी घोषित हुँदै नगद १ हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नुभयो । त्यस्तै फेयर प्ले टिम घोषित हुँदै सादेवाले नगद ५ हजार सहित ट्रफि र प्रमाण प्राप्त गरेको छ ।

समुद्र सतहदेखि तीन हजार ५१५ मिटर उचाइ रहेको पर्यटकीयस्थल सिदिङ्वाधाको प्रचारप्रसारका लागि सिदिङबा गाउँपालिकाले प्रतियोगिता सञ्चालन गरेको हो । सिदिङ्वा धामसहित गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्य ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, काली पोखरी, हात्ती ढुङ्गा लगायतका स्थलको थप प्रचारप्रसार साथै प्रवद्र्धन गर्न पनि महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 7:41 pm

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा