ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरी ८७ जना नेपाली काँग्रेसमा प्रवेश




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरि ८७ जना नेपाली काँग्रेसमा प्रवेश गरका छन् । नेपाली काँग्रेस ताप्लेजुङको आयोजनामा मेरिङदेन गाउँपालिका वडा नम्बर ५ थुकिमा भएको बृहत आमसभामा उक्त संख्यामा नेपाली काँग्रेस पार्टी प्रवेश गरेका हुन् । जसमा नेकपा एमाले र नेकपा (विप्लब) पार्टी परित्याग गरि नाल्बु बाट ४६ जना, थिङ्लाबु बाट ३३ जना, थुकिमाबाट ४ जना र मिक्वाखोला बाट ४ पार्टी प्रवेश गरेको काँग्रेसले जनाएको छ ।


नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा शिक्षा विभाग प्रमुख साथै पूर्व नेविसंघ केन्द्रिय अध्यक्ष नैनसिंह महरको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय खगेनसिं हाङगाम, नेपाली काङ्ग्रेस ताप्लेजुङ जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, सचिव तथा मेरिङ्देन गाउँपालिका अध्यक्ष डम्बर हाङगाम लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : 7:19 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम