ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरी ८७ जना नेपाली काँग्रेसमा प्रवेश




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरि ८७ जना नेपाली काँग्रेसमा प्रवेश गरका छन् । नेपाली काँग्रेस ताप्लेजुङको आयोजनामा मेरिङदेन गाउँपालिका वडा नम्बर ५ थुकिमा भएको बृहत आमसभामा उक्त संख्यामा नेपाली काँग्रेस पार्टी प्रवेश गरेका हुन् । जसमा नेकपा एमाले र नेकपा (विप्लब) पार्टी परित्याग गरि नाल्बु बाट ४६ जना, थिङ्लाबु बाट ३३ जना, थुकिमाबाट ४ जना र मिक्वाखोला बाट ४ पार्टी प्रवेश गरेको काँग्रेसले जनाएको छ ।


नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा शिक्षा विभाग प्रमुख साथै पूर्व नेविसंघ केन्द्रिय अध्यक्ष नैनसिंह महरको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय खगेनसिं हाङगाम, नेपाली काङ्ग्रेस ताप्लेजुङ जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, सचिव तथा मेरिङ्देन गाउँपालिका अध्यक्ष डम्बर हाङगाम लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : 7:19 pm

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज