महिनावारी स्वच्छताका लागि ३९२ साइकल यात्रीको सचेतनामूलक र्‍याली



काठमाडौँ । एघारौँ अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर ३९२ जना साइकलयात्रीले सचेतनामूलक साइकल र्‍याली गरेका छन् । महिनावारी स्वच्छताका लागि ‍काम गरिरहेको एक्सपोज नेपालले आयोजन गरेको सचेतनामूलक साइकल र्‍यालीमा ३ सय ५२ जना महिलासहित ३ सय ९२ जना साइकल यात्रीले काठमाडौँ , भक्तपुर, ललितपुर साइकल यात्रा गरेका हुन् । साइकल र्‍यालीको समापनका क्रममा बोल्दै सरोकारवालाले महिनावारीका समयमा महिलाले नै अर्को महिलाप्रति भेदभाव गर्ने गरेकोमा चिन्ता व्यक्त गरे ।


कार्यक्रमको समापन सभामा बोल्दै राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले महिनावारीका बेला हुने विभेद अन्त्यका लागि घरभित्रको व्यवहार सुधार हुनुपर्ने बताउनुभयो । उहाँले राज्यले नै महिनावारी स्वस्छ स्वस्थ सुरक्षित र मर्यादित बनाउन नीतिगत रुपमा काम गर्नुपर्ने उल्लेख गर्नुभयो । ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले राज्यव्यवस्था फेरिएसँगै महिलाले खुलेर महिनावारीका विषयमा बोल्न सकेको उल्लेख गर्नुभयो । उहाँले महिनावारीका बेला हुने पारिवारिक सामाजिक र मानसिक विभेदलाई निर्मूल गर्न सार्वजनिक संस्थाले गर्ने सचेतनामूलक अभियानको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । एक्सपोज नेपालका संस्थापक अध्यक्ष नेपाली प्याड म्यान ज्ञान महर्जनले सचेतनामूलक साइकल र्‍यालीको सुरुवाती चरणमा ७० जना सहभागीमध्ये एक जनामात्र महिला सहभागी भएको स्मरण गर्दै ८ वर्षपछि अहिले ९० प्रतिशत महिला सहभागिता हुनु परिवर्तनको सन्देश भएको उल्लेख गर्नुभयो । साइकल र्‍यालीका सहभागीले महिनावारीका बेला घरभित्र थुनिनुपर्ने वा अलग व्यवहार भोग्नुपर्ने असामाजिक मान्यता चिर्न र्‍यालीमा सहभागी भएको बताए ।

महर्जनले एक्सपोज नेपालमार्फत देशका विभिन्न जिल्लाका सयौँ महिलालाई पुनः प्रयोग गर्न मिल्ने प्याड बनाइ प्रयोग र बिक्रीमार्फत आर्थिक उपार्जनमा जोड्दै आउनुभएको छ । महिनावारी मैत्री विश्वव्यापी हातेमालो भन्ने नाराका साथ काठमाडौको बसन्तपुर र भक्तपुर दरबार क्षेत्रबाट साइकल र्‍याली सुरु गरि ललितपुरको मंगलबजारमा समापन भएको हो । र्‍यालीमा वाटरएड नेपाल, राष्ट्रीय महिनावारी सञ्जाल ःज्ःएब् , वेल्ट हंगर हिल्फे, एसएनभी नेपाल, युके इन्टरनेशनल डेभलपमेन्ट, युवा नेपाल, राइट हियर राइट नाउ नेपाल, डिग्निटी विदआउट डेन्जरलगायतका संस्थाहरूले सघाएका महर्जनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 9:08 pm

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई