प्रेस युनियन ताप्लेजुङले दियो फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामग्री 



ताप्लेजुङ। नेपाल प्रेस युनियन ताप्लेजुङले फरक क्षमता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री बितरण गरेको छ । आफ्नो स्थापनाको ३४औं दिवसको अवसरमा युनियनले बालमन्दिर आधारभूत विद्यालयका फरक क्षमता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री बितरण गरेको हो ।

मङ्गलबार एक कार्यक्रमको आयोजना गरी उक्त विद्यालयका फरक क्षमता भएका २२ जना विद्यार्थीलाई कापी, डटपेन र पेन्सिल सहितका शैक्षिक सामग्री बितरण गरेको प्रेस युनियन ताप्लेजुङका अध्यक्ष सन्तोष पुर्कुटीले बताउनुभयो । उहाँका अनुसार शैक्षिक सामग्री वितरणका साथ शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा नेपाली काँग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, कार्यक्रममा बालमन्दिर आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राधाकृष्ण पौडेल, पत्रकार महासङ्घका केन्द्रीय सदस्य माला पालुङ्वा, जिल्ला अध्यक्ष सुवास आचार्य, पूर्व अध्यक्ष खगेन्द्र अधिकारी, प्रेस सेन्टरका जिल्ला अध्यक्ष जीवन कालिकोटे सहितले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा बालमन्दिर आधारभूत विद्यालयका शिक्षक अभिभावक सङ्घ अध्यक्ष शान्ति मादेन, पत्रकार महासङ्घ ताप्लेजुङका पूर्व अध्यक्ष केशवप्रसाद भट्टराई, प्रेस युनियनका पूर्व जिल्ला अध्यक्ष धर्मप्रसाद पौड्याल, प्रेस युनियन ताप्लेजुङका प्रमुख सल्लाहकार देवराज गुरुङ सहितको उपस्थिति रहेको थियो ।

२०४८ जेठ १३ गते जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा नेपाल प्रेस युनियनको तदर्थ समिति घोषणा गरिएको थियो । त्यसै दीनको सम्झनामा दिवस मनाउने गरिन्छ । अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले जेठ १९ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : 5:13 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि