प्रेस युनियन ताप्लेजुङले दियो फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामग्री 



ताप्लेजुङ। नेपाल प्रेस युनियन ताप्लेजुङले फरक क्षमता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री बितरण गरेको छ । आफ्नो स्थापनाको ३४औं दिवसको अवसरमा युनियनले बालमन्दिर आधारभूत विद्यालयका फरक क्षमता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री बितरण गरेको हो ।

मङ्गलबार एक कार्यक्रमको आयोजना गरी उक्त विद्यालयका फरक क्षमता भएका २२ जना विद्यार्थीलाई कापी, डटपेन र पेन्सिल सहितका शैक्षिक सामग्री बितरण गरेको प्रेस युनियन ताप्लेजुङका अध्यक्ष सन्तोष पुर्कुटीले बताउनुभयो । उहाँका अनुसार शैक्षिक सामग्री वितरणका साथ शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा नेपाली काँग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, कार्यक्रममा बालमन्दिर आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राधाकृष्ण पौडेल, पत्रकार महासङ्घका केन्द्रीय सदस्य माला पालुङ्वा, जिल्ला अध्यक्ष सुवास आचार्य, पूर्व अध्यक्ष खगेन्द्र अधिकारी, प्रेस सेन्टरका जिल्ला अध्यक्ष जीवन कालिकोटे सहितले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा बालमन्दिर आधारभूत विद्यालयका शिक्षक अभिभावक सङ्घ अध्यक्ष शान्ति मादेन, पत्रकार महासङ्घ ताप्लेजुङका पूर्व अध्यक्ष केशवप्रसाद भट्टराई, प्रेस युनियनका पूर्व जिल्ला अध्यक्ष धर्मप्रसाद पौड्याल, प्रेस युनियन ताप्लेजुङका प्रमुख सल्लाहकार देवराज गुरुङ सहितको उपस्थिति रहेको थियो ।

२०४८ जेठ १३ गते जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा नेपाल प्रेस युनियनको तदर्थ समिति घोषणा गरिएको थियो । त्यसै दीनको सम्झनामा दिवस मनाउने गरिन्छ । अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले जेठ १९ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, मंगलवार १७:१३

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ