माओवादी केन्द्र आठराई त्रिवेणीको अध्यक्षमा बिमला लिम्बू चयन, वाईसीएलमा वनेम



ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) आठराई त्रिवेणी गाउँपालिका कमिटीको अध्यक्षमा बिमला लिम्बु (लाजिमा) चयन हुनुभएको छ । शनिबार सम्पन्न तेस्रो पालिका अधिवेशनबाट लाजिमाको नेतृत्वमा ३९ सदस्यीय नयाँ पालिका कमिटी सर्वसम्मत चयन गरिएको हो ।

कमिटीको उपाध्यक्षहरूमा गणेश सावाँ लिम्बु, कमल रामदाम, बिमला गुरुङ, सचिवमा बिरेन्द्र हाङ्बाङ महासचिवमा खगेन्द्र गुरुङ र कोषाध्यक्ष लक्ष्मी बराइली (रसाइली) चयन हुनुभएको छ । आठराई त्रिवेणीको अधिवेशन संगै ताप्लेजुङमा माओवादी केन्द्रको पालिका अधिवेशन सम्पन्न भएको छ । नौ वटा स्थानीय तह रहेको जिल्लामा यस अघि सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।

यस्तै सोही अवसरमा माओवादी केन्द्र निकट वाईसीएल नेपाल आठराई त्रिवेणीको पालिका अधिवेशन पनि सम्पन्न भएको छ । वाईसीएल आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा प्रदिप वनेम चयन हुनुभएको छ । कमिटीको उपाध्यक्षहरूमा सुजन आङबुहाङ, सुरेन हाङबाङ, मन्दिप आङबुहाङ, सचिवमा सरोज आङबुहाङ, सहसचिवहरूमा बिमल रामदाम, शुक्रराज आङ्बुहाङ र कमल रसाइली चयन हुनुभएको छ ।

साथै कोषाध्यक्षमा खाण्डु सोनाम शेर्पा सहित २९ सदस्यीय नयाँ पालिका कमिटी चयन गरिएको छ । पालिका अधिवेशनमा पार्टीका केन्द्रीय सदस्यहरू अजम्बर काममाङ राई, खेलप्रसाद बुढाक्षेत्री, मिङ्माडण्डु शेर्पा जिल्ला संयोजक विष्णु कुमार हाङ्बाङ लगायतको नेताहरूको उपस्थिति सम्पन्न भएको थियो ।

प्रकाशित मिति : 11:31 am

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ