मैवाखोला गाउँपालिकाले अनुदानमा कृषकलाई दियो चौँरी तथा याक



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कृषकलाई अनुदानमा चौँरी तथा याक वितरण गरेको छ । ८० प्रतिशत अनुदानमा जलजल याक चौँरी पालन कृषक समूहलाई चौँरी तथा याक वितरण गरेको हो ।

चालु आर्थिक वर्षको स्वीकृत याकचौँरी प्रबर्द्धन कार्यक्रम अन्तर्गत साम्तोङका कृषक समूहलाई चौँरी तथा याक वितरण गरिएको पालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार कृषक समूहलाई १४ वटा चौँरी प्रदान गरिएको छ ।

कृषकको २० प्रतिशत साझेदारीमा चौँरी याक प्रवर्द्धनका लागि उपलब्ध गराइएको अध्यक्ष वनेमको भनाइ छ । शतप्रतिशत पालिकाको अनुदानमार्फत प्रदान गरिएको वस्तुको कृषकहरूले बेवास्ता गरेको पाइएकाले केही मात्रामा कृषकको समेत साझेदारी रहनेगरी चौँरी तथा याक प्रदान गरिएको पालिका अध्यक्षको भनाइ छ ।

चालु आर्थिक वर्षमा करिब पाँच लाख रुपियाँ बराबरको याक तथा चौँरी खरिद गरी कृषक समूहलाई हस्तान्तरण गरिएको छ । यस अभियानबाट कृषकले उत्कृष्ट प्रतिफल दिएमा आगामी आर्थिक वर्षमा थप अन्य कृषक समूहलाई समेत अनुदानमा चौँरी याक वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिने पालिका अध्यक्ष वनेमले बताउनुभयो ।

प्रकाशित मिति : 11:27 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन