एक साता बन्द इँवाखोलाबाट विद्युत उत्पादन सुरु



ताप्लेजुङ । ताप्लेजुङमा करिब एक सातादेखि बन्द रहेको इँवाखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सुरु भएको छ।गत जेठ १ गते बिहीबार रातिदेखि बन्द रहेको आयोजनाको विद्युत उत्पादन पुन सुरु भएको हो।

९.९ मेगावट क्षमताको आयोजनाको विद्युत उत्पादन बिहीबारबाट सुरु भएको रिडी पावर कम्पनी लिमिटेडका इन्चार्ज तारा चौधरीले बताउनुभयो।उहाँका अनुसार आयोजनाको विद्युत गृहमा रहेको विभिन्न उपकरणमा समस्या आएका कारण उत्पादन बन्द भएको थियो।

उपकरण मर्मतका लागि भारतबाट सामग्री झिकाएर जडान तथा मर्मतको कार्य सम्पन्न गर्नासाथ उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ।

गत वर्षको वर्षात याममा आयोजनामा बाढी पहिरोले क्षति गर्दा चार महिनासम्म उत्पादन ठप्प भएको थियो। बाढीले क्षति गरेको संरचना करोडौँ रकम खर्चेर सञ्चालनमा ल्याएको एक वर्ष नपुग्दै पुन पावर हाउसको उपकरणमा समस्या आउँदा करिब एक साता विद्युत उत्पादन ठप्प भएको थियो ।

प्रकाशित मिति : 11:24 am

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र