नेकपा एस ताप्लेजुङको अध्यक्षमा दुर्गा सिरेङ चोङबाङ



ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ताप्लेजुङको अध्यक्षमा दुर्गा सिरेङ चोङबाङ लिम्बू चयन हुनु भएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) ताप्लेजुङको ११औं जिल्ला अधिवेशनबाट अध्यक्षमा लिम्बू सर्वसम्मत चयन हुनु भएको हो ।

अध्यक्षका पदका लागि तीन जना आकाङ्क्षी रहेपनि मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष समेत रहनु भएका लिम्बूलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी दिइएको छ । उपाध्यक्षमा रामचन्द्र पोमु (आरसी), महिला उपाध्यक्षमा देविमाया नेपाली, सचिवमा मोहन न्यौपाने, उपसचिवमा बादल गुरुङ, अम्मर लोहार, गणेश राई सहित ४५ सदस्यीय जिल्ला कमिटी निर्विरोध गठन गरिएको छ ।

केन्द्रीय कमिटीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्न केन्द्रीय कमिटीका सचिव बलदेब चौधरी, निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल, कोशी प्रदेश कमिटीका अध्यक्ष सरिता खड्का, जिल्ला तथा पालिका स्तरीय नेता कार्यकर्ता, अन्य पार्टीका प्रमुख तथा प्रतिनिधहरुको सहभागिता रहेको थियो ।

अधिवेशनमा जिल्लाका ६१ ओटै वडाबाट २ सय ५० जना प्रतिनिधिको सहभागिता रहेको सचिव मोहन न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 6:22 am

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर