नेकपा एस ताप्लेजुङको अध्यक्षमा दुर्गा सिरेङ चोङबाङ



ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ताप्लेजुङको अध्यक्षमा दुर्गा सिरेङ चोङबाङ लिम्बू चयन हुनु भएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) ताप्लेजुङको ११औं जिल्ला अधिवेशनबाट अध्यक्षमा लिम्बू सर्वसम्मत चयन हुनु भएको हो ।

अध्यक्षका पदका लागि तीन जना आकाङ्क्षी रहेपनि मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष समेत रहनु भएका लिम्बूलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी दिइएको छ । उपाध्यक्षमा रामचन्द्र पोमु (आरसी), महिला उपाध्यक्षमा देविमाया नेपाली, सचिवमा मोहन न्यौपाने, उपसचिवमा बादल गुरुङ, अम्मर लोहार, गणेश राई सहित ४५ सदस्यीय जिल्ला कमिटी निर्विरोध गठन गरिएको छ ।

केन्द्रीय कमिटीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्न केन्द्रीय कमिटीका सचिव बलदेब चौधरी, निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल, कोशी प्रदेश कमिटीका अध्यक्ष सरिता खड्का, जिल्ला तथा पालिका स्तरीय नेता कार्यकर्ता, अन्य पार्टीका प्रमुख तथा प्रतिनिधहरुको सहभागिता रहेको थियो ।

अधिवेशनमा जिल्लाका ६१ ओटै वडाबाट २ सय ५० जना प्रतिनिधिको सहभागिता रहेको सचिव मोहन न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 6:22 am

प्रथम मानाभारा गोल्डकपः फाईनलमा माछापोखरी हिटी र लालिगुराँस भिड्ने

रेडियो काबेलीताप्लेजुङ । सिदिङवा गाउँपालिका सुरुङ्खिको लालिगुराँस युथ क्लब र

ताप्लेजुङ बहुउद्देश्यीय सहकारीको बचत आर्थिक वर्ष २०८१/८२ मा झण्डै ६२ लाख 

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक

पाथीभरा (मुक्कुमलुङ)मा निर्माणधीन केबुलकार विरुद्ध फेरी आन्दोलनको घोषणा

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा निर्माण भइरहेको

मानाभरा गोल्डकप : आज सेमिफाइनलका खेल हुँदै

ताप्लेजुङ, पुस १८ गते । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ