ताप्लेजुङमा करेन्ट लागेर १० पशु चौपाया मरे



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा करेन्ट लागेर १० ओटा पशु चौपाया मरेका छन्। शुक्रबार दिउँसो थिङलाबुको थुङथापस्थित खुवागुमा करेन्ट लागेर स्थानीय विजय एभेङ लिम्बूका १० ओटा पशु चौपाया मरेका छन्।

थिङलाबुका वडाध्यक्ष सबिन लिम्बुका अनुसार दिउँसो जङ्गलमा चराएर गोठतर्फ लाने क्रममा करेन्ट लागेको थियो। करेन्ट लागेर एभेङको एक हल गोरु, दुई ओटा गाई र ६ ओटा बाख्रा मरेको वडाध्यक्ष लिम्बूको भनाइ छ।

बिजुलीको तारले पोलमा छोएर जमिनमा प्रवाह भएको करेन्ट लागेर पशुचौपायाको मरेको स्थानीयले बताएका छन्। यता प्रहरीको टोलीले घटनाको विषयमा अनुसन्धान जारी राखेको बताएका छन्।

नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका अनुसार सो क्षेत्रमा थिङलाबु विद्युत सहकारी संस्थामार्फत विद्युत सञ्चालनमा रहेको छ। जसको रेखदेखको जिम्मा सबै सहकारीकै हुने केन्द्रले जनाएको छ।अहिले सो क्षेत्रमा विद्युत कटौती गरेको समेत केन्द्रले जनाएको छ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, शनिबार ०५:५२

साउन २२ गते ताप्लेजुङसहित नौ जिल्लामा आम हड्तालको घोषणा

ताप्लेजुङ । साउन २२ गते पूर्वका नौ जिल्लामा आम हड्तालको

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताप्लेजुङ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान

सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका उच्च जोखिममा

ताप्लेजुङ । तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशीमा पानीको

दुर्गा प्रसाईं धरौटी बुझाएर रिहा

ताप्लेजुङ । गएको चैत १५ गते काठमाण्डौमा भएको हिंसात्मक प्रदर्शनका

ताप्लेजुङ गोल्डकपको प्रथम पुरस्कार अप्पर तमोर हाईड्रो पावरले प्रायोजन गर्ने

रेडियो काबेलीताप्लेजुङ । यहि श्रावण २४ गते देखी हुने अन्तराष्ट्रिय