महिलाहरूको क्षमता विकास गर्न उद्घोषण तथा भाषणकला तालिम



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले महिलाहरूको क्षमता विकास गर्न उद्घोषण तथा भाषणकला तालिम प्रदान गरेको छ । पालिकाले गत जेठ ४ गतेदेखि ८ गतेसम्म पालिकाको वडा नं. ६ थुम्बेदिनका महिलाहरूलाई तालिम प्रदान गरेको हो ।

महिलाहरूको मागमा आधारित कार्यक्रम अन्तरगत थुम्बेदिनमा रहेको पाथीभरा आमा समुहले माग अनुसार उक्त कार्यक्रम गरिएको महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा थापाले बताउनुभयो । तालिमको समापन समारोहमा बोल्दै ६ नं. वडा अध्यक्ष जितमान तामाङले महिला पुरुष सबैको लागि बोल्ने कलाको आवश्यकता पर्ने भएकोले तालिम प्रभावकारी भएको बताउनुभयो ।

तालिममा सहभागि एवं कार्यपालिका सदस्य सोनिसा खापुङले तालिमले आफू कार्यक्रम सञ्चालन गर्न सक्ने भएको बताउँदै खुसी व्यक्त गर्नुभयो । त्यस्तै तालिममा सहभागि सिता लम्सालले तालिम उत्कृष्ट रहेको बताउँदै आगामी दिनमा पनि यस्ता खालका तालिम गाउँपालिकाले सञ्चालन गरिदिए राम्रो हुने प्रतिक्रिया दिनुभयो ।

तालिममा वडाका ३० जना महिलाहरूको सहभागिता रहेको थियो । तालिमको सहजिकरण रेडियो काबेलीका स्टेसन मेनेजर एलिना दियालीले गर्नुभएको थियो ।

प्रकाशित मिति : 1:51 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी