मिक्वाखोला गाउँपालिकाद्धारा विद्यार्थीलाई पुस्तक वितरण सुरु



ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकाले विद्यार्थीहरूलाई पुस्तक वितरणको कार्य सुरु गरेको छ । गाउँपालिकाले बालविकास कक्षादेखि अङ्ग्रेजी माध्यमबाट अध्यापन सुरु गर्ने निर्णयअनुसार २९ वटा विद्यालयका ३६० जना विद्यार्थीहरूलाई पुस्तक वितरण गर्ने लक्ष्य अनुरूप पुस्तक वितरणको कार्य सुरु गरेको हो ।

जसमा विहीबार साँवा माध्यमिक विद्यालयका बाल कक्षामा अध्ययनरत ११ जना विद्यार्थीहरूलाई पुस्तक तथा कापी वितरण गरिएको गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले बताउनुभयो । यस पुस्तक वितरणको कार्यलाई मिक्वाखोला गाउँपालिका वडा नं. ४ घर भई हाल वैदेशिक रोजगारको सिलसिलामा विदेश रहनुभएका मिङ्मा छिरिङ शेर्पाले पनि गाउँपालिकालाई आर्थिक सहयोग गर्नुभएको अध्यक्ष कार्कीको भनाई छ ।

पुस्तक मिक्वाखोला गाउँपालिकाका अध्यक्ष कार्की, प्रमुख प्रशासकीय अधिकृत विमल गौतम, वडा नं। ४ का वडा सदस्य फुपु तेन्जीङ शेर्पा र शिक्षा शाखा प्रमुख पवन भट्टराई साथै विद्यालयका शिक्षकहरूको उपस्थितिमा वितरण गरिएको छ । साथै आगामी दिनमा २९ वटै विद्यालयका बाल कक्षाका विद्यार्थीहरूलाई पुस्तक वितरण गरिने अध्यक्ष कार्कीले बताउनुभयो ।

यस्तै अर्को वर्षको शैक्षिक सत्रदेखि कक्षा एकका विद्यार्थीहरूलाई पनि पुस्त वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 4:24 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी