मिक्वाखोला गाउँपालिकाद्धारा विद्यार्थीलाई पुस्तक वितरण सुरु



ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकाले विद्यार्थीहरूलाई पुस्तक वितरणको कार्य सुरु गरेको छ । गाउँपालिकाले बालविकास कक्षादेखि अङ्ग्रेजी माध्यमबाट अध्यापन सुरु गर्ने निर्णयअनुसार २९ वटा विद्यालयका ३६० जना विद्यार्थीहरूलाई पुस्तक वितरण गर्ने लक्ष्य अनुरूप पुस्तक वितरणको कार्य सुरु गरेको हो ।

जसमा विहीबार साँवा माध्यमिक विद्यालयका बाल कक्षामा अध्ययनरत ११ जना विद्यार्थीहरूलाई पुस्तक तथा कापी वितरण गरिएको गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले बताउनुभयो । यस पुस्तक वितरणको कार्यलाई मिक्वाखोला गाउँपालिका वडा नं. ४ घर भई हाल वैदेशिक रोजगारको सिलसिलामा विदेश रहनुभएका मिङ्मा छिरिङ शेर्पाले पनि गाउँपालिकालाई आर्थिक सहयोग गर्नुभएको अध्यक्ष कार्कीको भनाई छ ।

पुस्तक मिक्वाखोला गाउँपालिकाका अध्यक्ष कार्की, प्रमुख प्रशासकीय अधिकृत विमल गौतम, वडा नं। ४ का वडा सदस्य फुपु तेन्जीङ शेर्पा र शिक्षा शाखा प्रमुख पवन भट्टराई साथै विद्यालयका शिक्षकहरूको उपस्थितिमा वितरण गरिएको छ । साथै आगामी दिनमा २९ वटै विद्यालयका बाल कक्षाका विद्यार्थीहरूलाई पुस्तक वितरण गरिने अध्यक्ष कार्कीले बताउनुभयो ।

यस्तै अर्को वर्षको शैक्षिक सत्रदेखि कक्षा एकका विद्यार्थीहरूलाई पनि पुस्त वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 4:24 pm

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

पश्चिमी वायुको प्रभाव-देशका अधिकांश पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश

मतदाता नामावलीमा १ लाखभन्दा बढी थपिए, जेन जीको सहभागिता अपेक्षा भन्दा न्यून

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम जारी राखेको

देउसी भैलोबाट संकलित रकमबाट प्रहरीले किन्यो मोटरसाइकल

पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको

काँकरभिट्टा नाकाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय