नेपाली र भारतीय सेनाको संयुक्त टोलीले गरे कञ्चनजङ्घा हिमालको आरोहण



ताप्लेजुङ । नेपाली सेना र भारतीय सेनाको संयुक्त टोलीले नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो हिमशृङखला कञ्चनजङ्घा हिमालको आरोहण गर्नुभएको छ । नेपाली र भारतीय सेनाको संयुक्त टोलीले ताप्लेजुङमा अवस्थित ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजङ्घा हिमालको सफल आरोहण गर्नुभएको हो ।

दुई वटा समूहमा भएको उक्त आरोहणमा नेपाली सेनाका सेनानी गजेन्द्र देउवाको नेतृत्वमा १० र भारतीय सेनाका कर्नेल सर्फराज सिंहको नेतृत्वमा पाँच गरी १५ जनाले कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

दुवै देशका संयुक्त सैन्य आरोहण टोलीको भ्रमणका सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को बैशाख दोस्रो साता बसेको बैठकले औपचारिक रुपमा स्वीकृत समेत प्रदान गरेको थियो । यस अघि पनि पाँच जना नेपालीसहित १० जनाले कञ्चनजङ्घा हिमालको सफल आरोहण गर्नुभएको थियो । हिमालको सेभेन समिट ट्रेक काठमाडौँले पाँच नेपाली सहित १० जनालाई सफल आरोहण गराएका थिए ।

उहाँहरूले मे १० अर्थात् २०८२ वैशाख २७ गते दिउँसो दुई बजेर १५ मिनटेमा १० आरोहीले कञ्चनजङ्घाको सफल आरोहण गर्नुभएको थियो ।

प्रकाशित मिति : 3:42 pm

दोभान बजारमा निःशुल्क आँखा स्वास्थ्य शिविर : ५९ जनाको शल्यक्रिया 

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको दोभान बजारमा सञ्चालन गरिएको

मैवाखोला गाउँपालिकाको एकीकृत घुम्ती सेवा शिविर : दोस्रो दिन ८३८ ले लिए सेवा

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सोमबारदेखि सुरु

 मेरिङदेन र मिक्वाखोला गाउँपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

ताप्लेजुङ, वैशाख २२  गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका र मिक्वाखोला

बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता

ताप्लेजुङ, वैशाख २१ गते । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा

पाथीभरामा भरियालाई आवेदन दिन अनिवार्य

ताप्लेजुङ, वैशाख २१ गते । पाथीभरा मन्दिर क्षेत्रमा खटिने तीर्थयात्री