सिरिजङ्घा गाउँपालिकाले गोलिया निकासी तथा ढुवानी बन्द गर्ने



ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले गोलिया निकासी ढुवानी बन्द गर्ने भएको छ । गाउँपालिकाको कच्ची सडकलाई मध्यनजर गर्दै गोलिया निकासी तथा ढुवानी बन्द गर्ने भएको हो ।

गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै गाउँपालिकामा बढी मात्रामा वर्षा हुने गरेको र गाउँपालिका क्षेत्रभित्र रहेका कच्ची सडकहरूबाट गोलिया निकासी ढुवानी गर्दा सडक बिग्रने, भत्कने, खाल्डो पर्ने, पहिरो जाने गरेको पाइएकोले गोलिया निकासी तथा ढुवानी आगामी जेठ १८ गतेबाट बन्द गर्ने जनाएको छ ।

वर्षा याममा गोलिया निकासी तथा ढुवानी गर्दा सडक बिग्रिएर विषेश गरि खाद्यान्न र यात्रुवाहक सवारी साधनहरू आवतजावत गर्न कठिन भई तिव्र गुनासो आएको हुँदा यस्तो सूचना प्रकाशन गरिएको गाउँपालिका उपाध्यक्ष डा।चित्र माबोले बताउनुभयो ।

उहाँका अनुसार आगामी जेठ १८ गतेदेखि गोलिया निकासी पूर्ण रुपमा बन्द गरिने भएकोले ट्याक्टर वा ट्रक मार्फत गोलिया ढुवानी गर्ने व्यवसायीहरूले समयमै आ९आफ्नो गोलिया निकासी गर्न पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : 3:37 pm

दोभान अग्निपीडितलाई एमालेको चार लाख बढी सहयोग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान