सिरिजङ्घा गाउँपालिकाले गोलिया निकासी तथा ढुवानी बन्द गर्ने



ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले गोलिया निकासी ढुवानी बन्द गर्ने भएको छ । गाउँपालिकाको कच्ची सडकलाई मध्यनजर गर्दै गोलिया निकासी तथा ढुवानी बन्द गर्ने भएको हो ।

गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै गाउँपालिकामा बढी मात्रामा वर्षा हुने गरेको र गाउँपालिका क्षेत्रभित्र रहेका कच्ची सडकहरूबाट गोलिया निकासी ढुवानी गर्दा सडक बिग्रने, भत्कने, खाल्डो पर्ने, पहिरो जाने गरेको पाइएकोले गोलिया निकासी तथा ढुवानी आगामी जेठ १८ गतेबाट बन्द गर्ने जनाएको छ ।

वर्षा याममा गोलिया निकासी तथा ढुवानी गर्दा सडक बिग्रिएर विषेश गरि खाद्यान्न र यात्रुवाहक सवारी साधनहरू आवतजावत गर्न कठिन भई तिव्र गुनासो आएको हुँदा यस्तो सूचना प्रकाशन गरिएको गाउँपालिका उपाध्यक्ष डा।चित्र माबोले बताउनुभयो ।

उहाँका अनुसार आगामी जेठ १८ गतेदेखि गोलिया निकासी पूर्ण रुपमा बन्द गरिने भएकोले ट्याक्टर वा ट्रक मार्फत गोलिया ढुवानी गर्ने व्यवसायीहरूले समयमै आ९आफ्नो गोलिया निकासी गर्न पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : 3:37 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा