पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा



ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र सुन्तलाको बिरुवा वितरण गरेको छ । गाउँपालिकाले नयाँ सुन्तला जात पकेट विकास कार्यक्रम अन्तरगत उक्त उपकरण र बिरुवा वितरण गरेको हो । 

गाउँपालिकाले पाथिभरा याङवरक गाउँपालिका वडा नं. चार डुम्रिसेका श्री ज्योति कृषक समुहका कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र सुन्तलाको बिरुवा वितरण गरेको गाउँपालिका अध्यक्ष केशर सुब्बाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको १२ लाख र समुहको पाँच लाख ९२ हजार २०० सय गरी जम्मा १७ लाख ९२ हजार २०० रुपियाँ बराबरको कृषि उपकरण र बिरुवा वितरण गरिएको छ । 

कृषि सम्बन्धी उपकरण र बिरुवा सँगै जैविक तथा वनस्पातिक मल र विषादी प्रयोग विस्तार कार्यक्रम अन्तरगत डिजिटल काँटा, आल्मुनियम ल्याडर, मिनी टिलर डिजेल, जैविक तथा रासायनिक विषादी, जैविक मल, जिंक मल, कम्पोष्ट गोठेमल पनि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 

बुधबार एक कार्यक्रमको आयोजना गरि गाउपालिका अध्यक्ष सुब्बा, वडा अध्यक्ष बल बहादुर साम्सोहाङ, कृषि शाखा प्रमुख निकेश भट्टराई लागयतको उपस्थितिमा कृषकहरूलाई विभिन्न सामग्री र बिरुवा वितरण गरिएको हो । 

प्रकाशित मिति : 6:20 pm

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम