नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 



ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउँने भएको छ । अधिवेशनमा जिल्ला सम्मेलन आयोजक कमिटी, पार्टी सदस्य सङ्ख्याको आधारमा चयन हुने प्रतिनिधि र जनवर्गीय सङ्गठन सहित दुई सय ५० प्रतिनिधि सहभागी गराउने भएको हो । 

बुधबार फुङलिङमा एक पत्रकार सम्मेलनको आयोजना गरी ११औं अधिवेशनको जानकारी गराउँदै प्रतिनिधि सहभागीको बारे पार्टी जिल्ला सचिव मोहन न्यौपानेले जानकारी गराउनुभएको छ । पार्टीको ११औं जिल्ला अधिवेशन आगामी जेठ नौं गते हुँदै छ । 

पत्रकार सम्मेलनमा नेताहरूले अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नु भएको छ । उद्‌घाटन सत्र र बन्दसत्र पछि निर्वाचन कार्यक्रममा जाने तर सर्वसम्मत नेतृत्व चयन हुने विश्वास नेकपा एस जिल्ला उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङबाङले व्यक्त गर्नुभएको छ । 

नेकपा एसको जिल्ला कमिटीमा ७ जनाको पदाधिकारी रहने व्यवस्था रहेको छ । जिल्ला अधिवेशनको उद्‌घाटन पार्टीका बरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले गर्नुहुने बताइएको छ । यसअघि पार्टी केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अधिवेशनको उद्‌घाटन गर्ने भनिएको थियो । नेपालको स्वास्थ्य समस्याका कारण बरिष्ठ उपाध्यक्ष पाण्डे प्रमुख अतिथि हुनुहुने भएको हो । 

साथै पत्रकार सम्मेलन मार्फत ११औं अधिवेशनका लागि तयार पारिएको लोगो समेत सार्वजनिक गरिएको छ । 

सार्वजनिक गरिएको लोगो

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बुधबार १७:४९

याक्थुङ कलाकार परिषद् अध्यक्षमा पालुङ्वा चयन

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ १८ गते । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना

विसं १९९५ मै तिरो तिरेका प्रमाण छन्

ताप्लेजुङ। भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी

सामाजिक सञ्जाल दर्ता हुन आएनन्‚ बन्द गर्ने सरकारी चेतावनी

ताप्लेजुङ, भदौ १८ गते । सरकारले सामाजिक सञ्जाललाई नेपालको कानुनअनुसार

सुनको भाउमा लगातार कीर्तिमान : तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

ताप्लेजुङ, भदौ १७ गते । सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै