नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 



ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउँने भएको छ । अधिवेशनमा जिल्ला सम्मेलन आयोजक कमिटी, पार्टी सदस्य सङ्ख्याको आधारमा चयन हुने प्रतिनिधि र जनवर्गीय सङ्गठन सहित दुई सय ५० प्रतिनिधि सहभागी गराउने भएको हो । 

बुधबार फुङलिङमा एक पत्रकार सम्मेलनको आयोजना गरी ११औं अधिवेशनको जानकारी गराउँदै प्रतिनिधि सहभागीको बारे पार्टी जिल्ला सचिव मोहन न्यौपानेले जानकारी गराउनुभएको छ । पार्टीको ११औं जिल्ला अधिवेशन आगामी जेठ नौं गते हुँदै छ । 

पत्रकार सम्मेलनमा नेताहरूले अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नु भएको छ । उद्‌घाटन सत्र र बन्दसत्र पछि निर्वाचन कार्यक्रममा जाने तर सर्वसम्मत नेतृत्व चयन हुने विश्वास नेकपा एस जिल्ला उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङबाङले व्यक्त गर्नुभएको छ । 

नेकपा एसको जिल्ला कमिटीमा ७ जनाको पदाधिकारी रहने व्यवस्था रहेको छ । जिल्ला अधिवेशनको उद्‌घाटन पार्टीका बरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले गर्नुहुने बताइएको छ । यसअघि पार्टी केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अधिवेशनको उद्‌घाटन गर्ने भनिएको थियो । नेपालको स्वास्थ्य समस्याका कारण बरिष्ठ उपाध्यक्ष पाण्डे प्रमुख अतिथि हुनुहुने भएको हो । 

साथै पत्रकार सम्मेलन मार्फत ११औं अधिवेशनका लागि तयार पारिएको लोगो समेत सार्वजनिक गरिएको छ । 

सार्वजनिक गरिएको लोगो

प्रकाशित मिति : 5:49 pm

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज