केवलकार खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षधरको भनाइ



ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो आन्दोलन जारी रहेको जनाएका छन्। शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै पाथीभरामा निर्माण सुरु गरिएको केवलकार परियोजना खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षले जनाएको हो।

सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण कार्य रोक्नुनपर्ने आदेश दिएको दुई दिनपछि नो केवलकार पक्षले विज्ञप्ति जारी गर्दै केवलकारविरुद्धको आन्दोलन जारी रहेको जनाएको हो। नो केवलकार पक्षअन्तर्गत मुक्कुमलुङ ताङसेःप चुम्भो र अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै आन्दोलन जारी रहेको उल्लेख गरेका छन्।

मुक्कुमलुङ अतिक्रमणविरुद्ध सर्बोच्च अदालतमा दर्ता भएका विभिन्न मुद्दाहरु विचाराधीन रहेकोभन्दै सबै मुद्दाको किनारा लागिनसकेको र आन्दोलन पनि नटुङ्गिएको विज्ञप्तिमा उल्लेख छ। नो केवलकार पक्षले पाथीभरामा केवलकार निर्माण गर्ने बाटो खुल्यो भन्ने केही सञ्चारमाध्यममा आएको समाचार भ्रामक भएको पनि विज्ञप्तिमा जनाइएको छ। जुन समाचारले मुन्धुमवादीहरुको भावनामा गम्भीर चोट पु¥याएको र त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरिएको छ।

नो केवलकार पक्षले केवलकार खारेज गर्नुपर्ने मुख्य माग कायम राखी आन्दोलन जारी रहेको र भ्रामक समाचार र प्रचारपछि नलाग्न सबैलाई आग्रहसमेत गरेको छ। यता गत चैतमा केवलकार रोक्नुपर्ने माग गर्दै यामबहादुर लिम्बू लगायतले दायर गरेको रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्दै सर्बोच्च अदालतले केवलकारको काम रोक्नुनपर्ने आदेश दिएको थियो।

प्रकाशित मिति : 9:10 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका