केवलकार खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षधरको भनाइ



ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो आन्दोलन जारी रहेको जनाएका छन्। शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै पाथीभरामा निर्माण सुरु गरिएको केवलकार परियोजना खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षले जनाएको हो।

सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण कार्य रोक्नुनपर्ने आदेश दिएको दुई दिनपछि नो केवलकार पक्षले विज्ञप्ति जारी गर्दै केवलकारविरुद्धको आन्दोलन जारी रहेको जनाएको हो। नो केवलकार पक्षअन्तर्गत मुक्कुमलुङ ताङसेःप चुम्भो र अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै आन्दोलन जारी रहेको उल्लेख गरेका छन्।

मुक्कुमलुङ अतिक्रमणविरुद्ध सर्बोच्च अदालतमा दर्ता भएका विभिन्न मुद्दाहरु विचाराधीन रहेकोभन्दै सबै मुद्दाको किनारा लागिनसकेको र आन्दोलन पनि नटुङ्गिएको विज्ञप्तिमा उल्लेख छ। नो केवलकार पक्षले पाथीभरामा केवलकार निर्माण गर्ने बाटो खुल्यो भन्ने केही सञ्चारमाध्यममा आएको समाचार भ्रामक भएको पनि विज्ञप्तिमा जनाइएको छ। जुन समाचारले मुन्धुमवादीहरुको भावनामा गम्भीर चोट पु¥याएको र त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरिएको छ।

नो केवलकार पक्षले केवलकार खारेज गर्नुपर्ने मुख्य माग कायम राखी आन्दोलन जारी रहेको र भ्रामक समाचार र प्रचारपछि नलाग्न सबैलाई आग्रहसमेत गरेको छ। यता गत चैतमा केवलकार रोक्नुपर्ने माग गर्दै यामबहादुर लिम्बू लगायतले दायर गरेको रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्दै सर्बोच्च अदालतले केवलकारको काम रोक्नुनपर्ने आदेश दिएको थियो।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार २१:१०

ताप्लेजुङमा चट्याङ लागेर घाइते भएका एकको मृत्यु 

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङले लागी घाइते हुनुभएका एक जनाको मृत्यु

अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीद्वारा कम्प्युटर तालिम प्रदान 

ताप्लेजुङ । अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीको आयोजनामा आधारभूत कम्प्युटर कक्षा

सुनमा लगाइएको विलासिता करको विरुद्धमा ताप्लेजुङमा विरोध प्रर्दशन

ताप्लेजुङ । सुन तथा सुनका गरगहनामा लगाइएको विलासिता करको विरुद्धमा

ताप्लेजुङको सिदिङ्वा धाममा राखिएको मूर्ति तोडफोड

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिदिङ्वा धाम मन्दिरमा राखिएको श्री

ताप्लेजुङको मैवाखोलाद्वारा दलित समुदायलाई ११ लाख बढीको सामग्री वितरण

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायलाई ११ लाख ६४