ह्युम पाइप बाढीले बगाएपछि पाँचथर–ताप्लेजुङ सडक अवरुद्ध



ताप्लेजुङ । बेलिब्रिज बगेपछि डाइभर्सन गर्न लगाइएका ह्युम पाइप बाढीले बगाएसँगै तमोर कोरिडोरको पाँचथर–ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको छ । तमोर कोरिडोरमा पर्ने पाँचथरको फिदिम र हिलिहाङ गाउँपालिकाको सीमावर्ती हेवां खोलामा गरिएको डाइभर्सनका लागि राखिएका ह्युम पाइप शुक्रवार बिहानै बाढीले बगाए स्थानीय राम माझीले बताउनुभयो ।

ह्युम पाइप बगाएसँगै धरानबाट मूलघाट पाँचथर हुँदै ताप्लेजुङ हिँडेका यात्रु मालवाहक साधन फिदिम ४ सालघारीदेखि जोरसाल हुँदै मेची राजमार्ग भएर गन्तव्य पुग्नुपर्ने अवस्था आइलागेको छ । यस्तै ताप्लेजुङदेखि भालुचोक माझीटार हुँदै धरानतर्फ हिँडेका यात्रु र साधन समेत प्रभावित भएका छन् ।

यो बाटो भएर धरान इटहरी र विराटनगर हिँडेका यात्रु गोपेटारदेखि फिदिम इलाम र झापा हुँदै त्यसतर्फ पुग्नुपर्ने अवस्था सिर्जना भएको छ । २०८१ असोज १२ गतेको बाढीले बगाएपछि यहाँ ह्युम पाइप राखेर पानी कटाउँदै यातायात सुचारु गराइएको थियो ।

यो सडकमा पर्ने खोलामा पुल बनाउने जिम्मेवारी तमोर कोरिडोर आयोजनाको हो । तमोर कोरिडोरका आयोजना प्रमुख प्रदीप निरौलाले बगाएका ह्युम पाइप स्कावेटरबाट तानी मर्मत गरेर यातायात सुचारु गर्ने पहल भइरहेको बताउनुभयो । निर्माण कम्पनीसँग समन्वय गरी मनसुन सक्रिय नहुँदासम्म सोही डाइभर्सन मार्फत यातायात सुचारु गर्न पहल गरेका छौ ।’ निरौलाले भन्नुभयो ।

प्रकाशित मिति : 11:48 am

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर