ह्युम पाइप बाढीले बगाएपछि पाँचथर–ताप्लेजुङ सडक अवरुद्ध



ताप्लेजुङ । बेलिब्रिज बगेपछि डाइभर्सन गर्न लगाइएका ह्युम पाइप बाढीले बगाएसँगै तमोर कोरिडोरको पाँचथर–ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको छ । तमोर कोरिडोरमा पर्ने पाँचथरको फिदिम र हिलिहाङ गाउँपालिकाको सीमावर्ती हेवां खोलामा गरिएको डाइभर्सनका लागि राखिएका ह्युम पाइप शुक्रवार बिहानै बाढीले बगाए स्थानीय राम माझीले बताउनुभयो ।

ह्युम पाइप बगाएसँगै धरानबाट मूलघाट पाँचथर हुँदै ताप्लेजुङ हिँडेका यात्रु मालवाहक साधन फिदिम ४ सालघारीदेखि जोरसाल हुँदै मेची राजमार्ग भएर गन्तव्य पुग्नुपर्ने अवस्था आइलागेको छ । यस्तै ताप्लेजुङदेखि भालुचोक माझीटार हुँदै धरानतर्फ हिँडेका यात्रु र साधन समेत प्रभावित भएका छन् ।

यो बाटो भएर धरान इटहरी र विराटनगर हिँडेका यात्रु गोपेटारदेखि फिदिम इलाम र झापा हुँदै त्यसतर्फ पुग्नुपर्ने अवस्था सिर्जना भएको छ । २०८१ असोज १२ गतेको बाढीले बगाएपछि यहाँ ह्युम पाइप राखेर पानी कटाउँदै यातायात सुचारु गराइएको थियो ।

यो सडकमा पर्ने खोलामा पुल बनाउने जिम्मेवारी तमोर कोरिडोर आयोजनाको हो । तमोर कोरिडोरका आयोजना प्रमुख प्रदीप निरौलाले बगाएका ह्युम पाइप स्कावेटरबाट तानी मर्मत गरेर यातायात सुचारु गर्ने पहल भइरहेको बताउनुभयो । निर्माण कम्पनीसँग समन्वय गरी मनसुन सक्रिय नहुँदासम्म सोही डाइभर्सन मार्फत यातायात सुचारु गर्न पहल गरेका छौ ।’ निरौलाले भन्नुभयो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार ११:४८

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ