मैवाखोला गाउँपालिकामा बेपत्ता युवती मृत फेला



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक युवती मृत अवस्थामा फेला पर्नुभएको छ । वैशाख ३० गतेदेखि हराउनुभएकी गाउँपालिकाको वडा नं. १ खानीटोल चित्रेकी २४ वर्षीया युवती मृत फेला पर्नुभएको हो ।

हराएको दुई दिन पछि वर्षा तामाङ बिहीबार ११ः३० बजे खानीटोल स्थित जङ्गलमा मृत अवस्थामा फेला पर्नुभएको मैवाखोला गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रहरीको अनुसन्धानपछि शब पोस्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ ।

यस अघि पनि मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु गैरीगाउँका ३४ वर्षीय मनोज थोप्रा लिम्बू मृत फेला पर्नुभएको थियो । बेपत्ता भएको तेह्र दिनपछि उहाँलाई मृत अवस्थामा फेला पारिएको थियो । थोप्राको शव मैवाखोला गाउँपालिका र मेरिङ्देन गाउँपालिकाको सिमाना भई बग्ने मैवाखोला किनार नजिक सोमबार फेला परेको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहीबार २१:१३

मैवाखोलामा पहिरोले दुई घर पु¥यो, दुई वेपत्ता

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिकामा पहिरो खस्दा दुई घर

ताप्लेजुङमा नगरपालिका र तीन पार्टी कार्यालयमा तोडफोड

रेडियो काबेलीताप्लेजुङ । आन्दोलनरत समूहले फुङलिङ नगरपालिकामा तोडफोड र आगजनी

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी

जेनजी प्रदर्शन : कृषिमन्त्रीले दिए राजीनामा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट

फक्ताङलुङ गाउँपालिकाद्धारा मंगलबार शोक विदा

रेडियो काबेलीताप्लेजुङ । सोमबार काठमाडौंमा भएको नयाँ युवापुस्ता (जेनजी) हरुको