मैवाखोला गाउँपालिकामा बेपत्ता युवती मृत फेला



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक युवती मृत अवस्थामा फेला पर्नुभएको छ । वैशाख ३० गतेदेखि हराउनुभएकी गाउँपालिकाको वडा नं. १ खानीटोल चित्रेकी २४ वर्षीया युवती मृत फेला पर्नुभएको हो ।

हराएको दुई दिन पछि वर्षा तामाङ बिहीबार ११ः३० बजे खानीटोल स्थित जङ्गलमा मृत अवस्थामा फेला पर्नुभएको मैवाखोला गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रहरीको अनुसन्धानपछि शब पोस्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ ।

यस अघि पनि मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु गैरीगाउँका ३४ वर्षीय मनोज थोप्रा लिम्बू मृत फेला पर्नुभएको थियो । बेपत्ता भएको तेह्र दिनपछि उहाँलाई मृत अवस्थामा फेला पारिएको थियो । थोप्राको शव मैवाखोला गाउँपालिका र मेरिङ्देन गाउँपालिकाको सिमाना भई बग्ने मैवाखोला किनार नजिक सोमबार फेला परेको थियो ।

प्रकाशित मिति : 9:13 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता