गाई काटेको अभियोगमा सावादिनका एक जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा गाई काटेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । फक्ताङलुङ गाउँपालिका –१ सावादिनका ३९ वर्षीय दावा नुर्वू शेर्पालाई गाई र गोरु काटेको अभियोगमा पक्राउ गरिएको हो ।

छिमेकी पेम्बा शेर्पाको घर छेउमा बाँधेर राखेको गाई र गोरुलाई काटेको जाहेरीको आधारमा दावा नुर्वुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता, सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार दावा नुर्वुले सोमबार बिहान करिब साढे ६ बजेको समयमा धारिलो हतियार फलामको बाम्फोक प्रहार गरेका थिए । हतियार प्रहारबाट गाई मरेको र गोरु घाइते अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

जाहेरी पश्चात खोजी गर्ने क्रममा दावा नुर्वुलाई बामफोकसहित मङ्गलबार नियन्त्रणमा लिइएको बताइएको छ । उनलाई पशुपक्षीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ । मुलुकी फौजदारी कार्यबिधी संहिता २०७४ को दफा १४ को ३ बमोजिम जिल्ला अदालतबाट सात दिनको म्याद लिइ अनुसन्धानलाई जारी राखिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 12:01 pm

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम