गाई काटेको अभियोगमा सावादिनका एक जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा गाई काटेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । फक्ताङलुङ गाउँपालिका –१ सावादिनका ३९ वर्षीय दावा नुर्वू शेर्पालाई गाई र गोरु काटेको अभियोगमा पक्राउ गरिएको हो ।

छिमेकी पेम्बा शेर्पाको घर छेउमा बाँधेर राखेको गाई र गोरुलाई काटेको जाहेरीको आधारमा दावा नुर्वुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता, सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार दावा नुर्वुले सोमबार बिहान करिब साढे ६ बजेको समयमा धारिलो हतियार फलामको बाम्फोक प्रहार गरेका थिए । हतियार प्रहारबाट गाई मरेको र गोरु घाइते अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

जाहेरी पश्चात खोजी गर्ने क्रममा दावा नुर्वुलाई बामफोकसहित मङ्गलबार नियन्त्रणमा लिइएको बताइएको छ । उनलाई पशुपक्षीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ । मुलुकी फौजदारी कार्यबिधी संहिता २०७४ को दफा १४ को ३ बमोजिम जिल्ला अदालतबाट सात दिनको म्याद लिइ अनुसन्धानलाई जारी राखिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 12:01 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता