ताप्लेजुङको पाथीभरामा झण्डै ६१ लाख भेटी संकलन, ३८ हजार बढीले गरे दर्शन



ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा पछिल्लो एक महिनामा झण्डै ६१ लाख रुपियाँ भेटी सङ्कलन भएको छ । वैशाख महिनाको अवधिमा ६० लाख ९० हजार आठ सय रुपियाँ भेटी सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार उक्त रकम संकलन भएको छ । पाथीभरा दर्शनका लागि प्रमुख सिजन लागेसँगै दर्शनार्थीको सङ्ख्यामा समेत वृद्धि भएकाले भेटी रकम पनि बढी नै सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।

तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरि पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा करिब एक शाता सम्मको संलकन गरि फुङलिङ रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरि बैँकमा जम्मा गर्ने प्रचलन रहेको छ । कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने गरि समितिले व्यवस्थापन गरेको छ ।

बुधबार सार्वजनिक तथ्याङ्क अनुसार वैशाख महिनामा ३८ हजार बढी तीर्थयात्री दर्शनका लागि पाथीभरा आएका छन् । एक महिनाको अवधिमा स्वदेश तथा विदेशबाट ३८ हजार एक सय ७० जना भक्तजनले पाथीभराको दर्शन गरेको समितिका कार्यकारी निर्देशक हाङबाङले जानकारी दिनुभयो । भक्तजनको गणना हरेक दिन माथिल्लो फेदीमा समितिका कर्मचारीले गर्ने गरेका छन् ।

प्रकाशित मिति : 11:46 am

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर