ताप्लेजुङको पाथीभरामा झण्डै ६१ लाख भेटी संकलन, ३८ हजार बढीले गरे दर्शन



ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा पछिल्लो एक महिनामा झण्डै ६१ लाख रुपियाँ भेटी सङ्कलन भएको छ । वैशाख महिनाको अवधिमा ६० लाख ९० हजार आठ सय रुपियाँ भेटी सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार उक्त रकम संकलन भएको छ । पाथीभरा दर्शनका लागि प्रमुख सिजन लागेसँगै दर्शनार्थीको सङ्ख्यामा समेत वृद्धि भएकाले भेटी रकम पनि बढी नै सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।

तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरि पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा करिब एक शाता सम्मको संलकन गरि फुङलिङ रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरि बैँकमा जम्मा गर्ने प्रचलन रहेको छ । कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने गरि समितिले व्यवस्थापन गरेको छ ।

बुधबार सार्वजनिक तथ्याङ्क अनुसार वैशाख महिनामा ३८ हजार बढी तीर्थयात्री दर्शनका लागि पाथीभरा आएका छन् । एक महिनाको अवधिमा स्वदेश तथा विदेशबाट ३८ हजार एक सय ७० जना भक्तजनले पाथीभराको दर्शन गरेको समितिका कार्यकारी निर्देशक हाङबाङले जानकारी दिनुभयो । भक्तजनको गणना हरेक दिन माथिल्लो फेदीमा समितिका कर्मचारीले गर्ने गरेका छन् ।

प्रकाशित मिति : 11:46 am

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

पश्चिमी वायुको प्रभाव-देशका अधिकांश पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश

मतदाता नामावलीमा १ लाखभन्दा बढी थपिए, जेन जीको सहभागिता अपेक्षा भन्दा न्यून

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम जारी राखेको

देउसी भैलोबाट संकलित रकमबाट प्रहरीले किन्यो मोटरसाइकल

पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको

काँकरभिट्टा नाकाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय