पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्च अदालतले बाटो खोल्यो



ताप्लेजुङ । सर्वोच्च अदालतले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म थालिएको केवलकार निर्माणलाई अघि बढाउने बाटो खोलिदिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेसँगै केबलकार निर्माण अघि बढाउने बाटो खुलेको हो ।

गत चैत ७ गते दायर रिटमा सर्वोच्चले चैत १३ गते हालसम्म भएका काम कारवाही तत्काललाई यथास्थितिमा राख्न आदेश दिएको थियो । उक्त आदेशपछि चन्द्र ढकाल अध्यक्ष रहेको आईएमई ग्रुपले काफ्लेपाटीमा थालेको तल्लो स्टेशन निर्माण रोकेको थियो । यसअघि चैत १३ गते केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न दिएको आदेशलाई सर्वोच्चले निरन्तरता नदिने निर्णयसँगै ढकाललाई राहत भएको छ । यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले चैत १३ गते हालसम्म भए गरेका कामहरु यथास्थितिमा राख्न भनेको थियो ।

उक्त रिटमा पाथीभरा देवी दर्शन केवलकार प्रालिसमेत १४ जनालाई विपक्षी बनाइएको थियो । बेवलकार निर्माण कार्य रोक्नका लागि अन्तरिम आदेशको समेत माग गरिएको हुनाले विषयवस्तु प्रकृति र गम्भीरतालाई हेरी हालसम्म भए गरेका कारवाहीहरू यथास्थितिमा राख्न आदेशमा भनिएको थियो । अन्तररिम आदेश जारी गर्ने, नगर्ने सन्दर्भमाछलफल गर्न सर्वोच्च अदालतले चैत २६ गते दुवै पक्षलाई झिकाउने निर्णय भएको थियो ।

दुवै पक्षको कुरा सुनिसकेपछि सर्वोच्चले बुधबार यस्तो आदेश दिएको हो । पाथीभरामा उद्योगी ढकालको कम्पनीले केबलकार निर्माण कार्य गरिरहेको छ । तर स्थानीयवासीले सांस्कृतिक अतिक्रमण भएको भन्दै केबलकारविरुद्ध आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : 8:51 am

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा