सशस्त्र प्रहरीद्धारा कञ्चजङ्घा आधार शिविर जाने पदमार्ग सरसफाइ



रेडियो काबेली । सशस्त्र प्रहरीले ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पदमार्ग सरसफाइ गरेको छ । सशस्त्र प्रहरी बल नं. १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाको टोली, कञ्चनजङ्घा संरक्षण क्षेत्रका कर्मचारी र स्थानीयको साझेदारीमा कञ्चनजङ्घा हिमालको उत्तरी आधार शिविर जाने पदमार्गको ४ हजार ७ सय ५६ मिटर उचाइमा रहेको अन्तिम क्याम्प लोनाक र ३ हजार ४ सय ७५ मिटर  उचाइमा रहेको घुन्सा बस्ती क्षेत्र सरसफाइ गरिएको हो ।

सशस्त्र प्रहरी बल नं. १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश मर्हजनको कमान्डको टोली, कञ्चनजङ्घा संरक्षण क्षेत्रका रेन्जर हिमाल पाठक, फक्ताङलुङ गाउँपालिकाको कार्यपालिका सदस्य तेन्जिङ सेराप शेर्पा र स्थानीयको संयुक्त साझेदारीमा संरक्षण क्षेत्रको सेकाथुम घुन्सा उपभोक्ता समिति अन्तरगत पर्ने उक्त क्षेत्र वैशाख २१ र २३ गते सरसराइ गरिएको हो ।

कञ्चनजङ्घा हिमालको उत्तरी आधार शिविर पाङपेमा भ्यु पोईन्टसम्म पुग्ने बाटोको अवस्था, क्याम्पहरूको सरसफाइको अवस्था र अन्य आवश्यकीय कार्यको अनुगमन गर्ने क्रममा घुन्सा बस्ती र लोनाक क्षेत्र फोहोर देखिएकोले सरसफाइ गरिएको रेन्जर पाठकको भनाई छ । 

यता सशस्त्र प्रहरी बल नं. १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपति महर्जनले गस्तीका लागि खटिएको टोलीले फोहोर मैला सङ्कलन तथा व्यवस्थापन साथै स्वास्थ्य समस्यामा परेका पर्यटक तथा भरियालाई सहयोग, बाटोको अवस्थाको निरीक्षण, आगामी दिनमा हुन सक्ने दुर्घटनालाई न्यूनिकरण गर्न चाल्नुपर्ने कदमको  विषयमा स्थलगत रुपमा निरीक्षण गरिएको बताउनुभयो । साथै उहाँले बिस्फोटनका खतरायुक्त हिमतालहरूबाट बग्ने हिमनदिहरूको  प्रारम्भिक रुपमा निरीक्षण गरिएको बताउनुभयो । 

८ हजार ५ सय ८६ मिटर उचाइमा रहेको कञ्चनजङ्घा हिमालको उत्तरी आधार शिविरमा आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्नका लागि जाने गर्दछन् भने दक्षिणी क्षेत्रबाट भने आरोहीहरू हिमाल आरोहण गर्ने गर्दछन् । शनिबार मात्रै ५ नेपाली सहित १० जनाले कञ्चजङ्घा हिमालको सफल आरोहण गरेका छन् ।


    
 
 

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलवार ०६:२९

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको